जिल्ला प्रशासन कार्यालय बाँकेका कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको पछि कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोभिड पुष्टि संगै अधिकांसलाई कोभिड संग मिल्दोजुल्दो लक्षण समेत देखापरेकोले सेवा अनिश्चिकालका लागि प्रभावित भएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले सोमवार अपरान्ह एक सुचना जारी गर्दै दैनिक कार्य सम्पादन क्रममा केही कर्मचारीलाई संक्रमण पुष्टि भएको र अधिकांसमा लक्षण देखिएकोले अर्को सुचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालयलाई बन्द गरिएको बताए ।
उनले भने, ‘यस कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा र मुद्दा बाहेकका अन्य सबै सेवाहरु स्थगित गरिएको छ ।’
उनले अत्आवश्यक सेवा लिन आउने सेवाग्राहीले अनिवार्य रुपमा खोप कार्डका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गनुपर्ने बताएका छन ।
जिल्ला प्रशासनले यस अघि पनि कार्यालयको मुख्य गेट मै अनिवार्य रुपमा खोप कार्ड र स्वास्थ्य मापदण्ड चेकजाँच गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालयबाट बिभिन्न कार्य सम्पादन हुदैँ आएकोले बढी भिडभाड हुनुगरेको छ ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको जाखिम तथा संक्रमितको उकालो लाग्दै गएकोले रेड जोन जिल्ला घोषणा गरिएको छ ।
अहिले बाँके जिल्लामा सकृय संक्रमित सात सय बढी छन । बाँकेमा आज १ सय ९५ वटा नमुना परिक्षण गर्दा थप एक सय ३७ जनालाई कोरोना संक्रमण देखिएको हो ।