spot_img
Saturday, July 27, 2024
Homeब्यानरकरेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

spot_img

काठमाडौं–काठमाडौं महानगरपालिका–२० कोहिटी बस्ने राजेश महर्जनको निर्माणधिन घरमा ढलान गर्ने क्रममा करेन्ट लागेर रामेछाप तेमाल गाउँपालिका(३ घर भएका २१ वर्षीय कृष्ण तमाङको बिहीबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।यसैगरी सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिट बस्ने २२ वर्षीय भुवन बुढाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । घर अगाडि विद्युत प्रसारण लाईनको तार थोरै तल झरेकोले हरियो बाँसको प्रयोग गरी उक्त तार माथि उठाउन खोज्दा करेन्ट लागेर अशक्त भएका उनको देउती नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै भुवनलाई करेन्टबाट छुटाउन खोज्दा करेन्ट लागेर अशक्त भएका सोही ठाउँ बस्ने २० वर्षीय दुर्गा रोकायको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here