सरकारको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक बस्ने भएको छ ।
उक्त बैठक यही मंसिर २५/२६ गते भक्तपुर स्थित जर्मन पार्टी प्यालेसमा बस्ने गरि डाकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको मा अब केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको बताइएको छ ।
यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो भने १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ । तामाङका अनुसार बैठकका १५ एजेन्डा छन् ।
यस्तो छ केन्द्रीय कमिटीको दोस्रो बैठकको एजेण्डा