spot_img
Friday, July 26, 2024
Homeराजनीतिएमसिसि राष्ट्रियता विरुद्ध छैन : नेपाली कांग्रेस महामन्त्री गगन थापा

एमसिसि राष्ट्रियता विरुद्ध छैन : नेपाली कांग्रेस महामन्त्री गगन थापा

spot_img

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसि राष्ट्रियता विरोध नभएको बताएका छन ।नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले आज कोहलपुरमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमसीसीमा पनि कम्युनिष्टहरु बादरे शैली प्रबृत्ति देखाएको बताए । “ एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएको बताए ।्एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन्, उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ तर भय र भ्रम बेचेर फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुठ बोल्दैछन्,”महामन्त्री थापाले भने,“नेपालको हितमा रहेको एमसीसीका पक्षमा कांग्रेस प्रतिपक्षमा रहँदा पनि थियो आज सत्तामा रहँदा पनि पक्षमै रह्यो, हामी सत्यको पक्षमा हुन्छौं, स्वाभिमान र राष्ट्रियताका सवालमा भने हामी कुनै सम्झौता गर्दैनौं ।” महामन्त्री थापालेऋण भन्दा पनि अनुदान सहयोग धेरै लिनुपर्ने पक्षमा कांग्रेस रहेको बताउँदै ऋण लिँदा घाँटी हेरेर हाड निल्नुपर्ने स्पष्ट पारे । ऋण लिने त हो तर त्यसको सीमा हुन्छ, टाउकोमा धेरै ऋण थोपरेर अगाडि बढिँदैन, कांग्रेस ऋण भन्दा पनि अनुदान सहयोग बढी लिउँ भन्ने पक्षमा छ” । पार्टीभित्र उच्चस्तरीय एकता चाहिएको भन्दै उनले जोश र जाँगरका साथ पार्टीले सञ्चालन गरेको चुनावी अभियानमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । चुनावी गठबन्धन आफूले पनि नचाहेको भन्दै उनले भने“तपाईंहरुको चाहना पनि यही हो, रुख भन्दा अन्यत्र भोट हाल्न नपरोस् भन्ने चाहनुहुन्छ, तपाईंहरुको यो भावनाको पार्टीले उच्च सम्मान गर्छ तर गठबन्धन नगर्ने त भन्ने अनि पार्टीलाई जिताउन एक हुने कि नहुने रु उनले अगाडि भने“जसले टिकट पाउँछ, उसलाई जिताउन लाग्ने कि नलाग्ने, रुख बाहेक मुख हेर्दैनौं भन्ने भरोसा पार्टी नेतृत्वलाई दिलाउने कि नदिलाउने ” ।
इतिहासकै सबैभन्दा राम्रो अनुकुलता भएका बेला एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले सबैतिर भत्काउने र विगार्ने काम गरिरहँदा कांग्रेसले बाध्यात्मक अवस्थामा सरकारको नेतृत्व गर्नुपर्ने अवस्था बनेको बताउँदै महामन्त्री थापाले अब चुनावपछि पाँच बर्ष सरकारको नेतृत्व गर्ने गरी जनतालाई विश्वासमा लिन आह्वान गरे । बैशाख ३० गते हुने निर्वाचन एक दिन पनि दायाँबायाँ नहुने बताउँदै उनले निर्वाचनमा होमिन निर्देशन दिए ।
केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले “घर–घर जाऔ,कांग्रेस जिताऔ, भन्ने पार्टीको नारालाई कार्यान्वयन गर्न गम्भीर ढंगले लाग्न सबै नेता कार्यकर्तालाई आह्वान गरे । गिरीले पार्टी पंक्ति गम्भीरताका साथ लागे सफलता हासिल हुने बताउँदै युवा, तरुण र विद्यार्थीहरुलाई विशेषरुपमा अभियानमा खट्न निर्देशन दिए । उनले भने,“अभियानमा सबै भ्रातृ संस्था खट्नुस् ।ू उनले यथार्थ अवस्था विश्लेषण गरेर चुनावी तालमेल गर्ने नगर्ने भन्ने विषयमा पार्टी नेतृत्वले निर्णय लिने छ ।
अर्का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै तालमेल आवश्यक नरहेको तर्क गरे । केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बाँकेमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।


क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको बृहत् सभालाई लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य पूर्ण आचार्य, तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, ३ का सभापति नक्की खाँ, महासमिति सदस्य भानुभक्त भट्टराई, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सम्बोधन गरेका थिए । कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।
त्यस क्रममा महामन्त्री थापाले नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १, प्रदेश १ ख र कोहलपुर नगर कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा अन्य पार्टीका सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेका ५८१ जनालाई महामन्त्री थापाले पार्टीमा स्वागत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here