spot_img
Tuesday, December 3, 2024
Homeबजारएक्स्पर्ट बाँकेको कोहलपुरमा पनि

एक्स्पर्ट बाँकेको कोहलपुरमा पनि

spot_img

बिभिन्न देशहरुबाट बिदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने बिद्यार्थीहरुलाई सेवा दिंदै आएको एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आफनो सेवा बाँकेको कोहलपुरमा पनि बिस्तार गरेको छ । सोमबार कोहलपुर शाखाको उद्घाटनसंगै एक्स्पर्ट एजुकेसनले देश भरिका करीब २४ ठाउँबाट आफ्नो सेवा दिइरहेको जनाएको छ ।
एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज शाखा कोहलपुरको उद्घाटन गर्दै कोहलपुर नगर कार्यपालिका सामाजिक बिकास समिती संयोजक एबं उद्घाटन समारोहका प्रमुख अतिथी इश्वरी प्रसाद बिश्वकर्माले एक्स्पर्टको शाखा कोहलपुरले कोहलपुरको थप चिनारी थप्ने बिश्वास ब्यक्त गरे । उनले शैक्षिक क्षेत्रमा थप इटा थपिएको छ भन्दै यसले बांके, बर्दिया, कैलाली तथा सुर्खेत दाङ सम्मका बिद्यार्थीहरुलाइ बिदेशमा गएर गुणस्तरीय शिक्षा लिन सहज हुने कुरामा आफु बिश्वस्त रहेको बताए ।
गरीब, बिपन्न तथा पछाडी पारीएका जाती बर्ग र लिंगलाई बैदेशिक शिक्षाको पहुँचका लागि एक्सर्पटले प्राथमीकता दिनुपर्ने भन्दै बिश्वकर्माले सामाजिक उत्तर दायित्वलाइ मनन गरि कोहलपुरका बिद्यार्थीहरुलाई पहिलो प्राथामितामा राख्न आब्हान समेत गरे ।
कार्यक्रममा क्रिसा बाँकेका अध्यक्ष एबं कोहलपुर नगरकार्यपालिका शिक्षा समितीका सदस्य दिनेश सिग्देलले राजधानीबाट मात्र बैदेशिक शिक्षाका लागी पुर्ब तयारी कक्षा लिनुपर्ने वातावरणको अन्त्य भएको चर्चा गर्दै मोफसलमा नै यो सुबिधा पाउनु सौभाग्य भएको बताए । उनले कोहलपुर शिक्षाको हब बनिरहेको सन्दर्भमा एक्सर्पोट यस क्षेत्रका लागि कोशेढुगां साबित हुने औंल्याए ।
एक्स्पोर्ट इजुकेसन भिसा सर्भिस नेपालगञ्जका अध्यक्ष शिबा शर्माको अध्यक्षतामा आयोजीत उदघाटन कार्यक्रममा कोहलपुर नगर कार्यपालिका सदस्य भुप बहादुर दर्जि, सानिमा लाइफ इन्सुरेन्स लुम्बिनी प्रदेश प्रमुख जयदेब गौतम, एक्सर्पोट नेपालगञ्जका म्यानेजर सुनिल खडका लगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन अप्रेसन म्यानेजर श्याम अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.