spot_img
Saturday, July 27, 2024
Homeब्यानरउपमहानगरपालिकामा निर्वाचित गठबन्धनको शनिबार विजय र्याली

उपमहानगरपालिकामा निर्वाचित गठबन्धनको शनिबार विजय र्याली

spot_img

नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित भएको गठबन्धनले शनिबार विजय र्याली निकालेको छ । गठबन्धनका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्धिन राई भारी मतले निर्वाचित भएका थिए ।
निर्वाचित भएको अवसरमा नेपाली कांग्रेस, जसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा र्याली निकालेका हुन् । नेपालगन्जको जमुनाहाबाट शनिबार बिहान सुरु भएको र्यालीले शनिबार दिउसो विभिन्न ठाउँको परिक्रमा गरेका थिए ।
र्यालीमा बाँके क्षेत्र नम्बर २ का सांसद एवम् जसपाका नेता मोहम्मद ईस्तियाक राई, लुम्बिनी प्रदेशका वन मन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र हमाल, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्जका नगर प्रमुख विष्ट, उपप्रमुख राई लगायत नवनिर्वाचित जनप्रतिनधी, गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
शनिबार बिहान ठिक ७ बजे जमुनाहाबाट र्याली शुरु हुने भनिएपनि करिव डेढ घण्टा ढिलो सुरु भएको थियो । नेपालगन्जको नगर प्रमुख र उपप्रमुख पदमा पाँच दलबीच गठबन्धन भएपनि २३ वटा वडामा भने छुट्टा छुट्टै लडेका थिए । नेपालगन्जको वडामा गठबन्धन दलले बहुमत प्राप्त गरेका छन् ।
शनिबार

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here