spot_img
Saturday, July 27, 2024
Homeब्यानरआईएमई पे र एभरेष्ट बैक वीच सम्झौता

आईएमई पे र एभरेष्ट बैक वीच सम्झौता

spot_img

आईएमई गु्रपद्धारा संचालित आइमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्धधित आइएमई पे र एभरेष्ट बैक लिमिटेड वीच बैक लिङक गर्न मिल्ने सम्झौता भएको छ ।डिजिटल सहजताको निम्ती गरेको यस सम्झौता पश्चात उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैकको खाता लिङक गरी बैकका वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न सक्ने छन ।हालसम्म नेपालको १४ वटा बैकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङक अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरु रहेका छन् । आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार एभरेष्ट बैकको खातामा आईमई पे एपबाटा निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरि सिस्टमलाई अध्यावधिक गरिएको छ भने आइएमई पेमा बैंक लिङ्क गरे पश्चात उपभोक्ताले सिधै आइमई पेको पिन नं.राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) लगायतका सुविधा उपलब्ध हुनेछन् । यसका अतिरिक्त आफ्नो एभरेष्ट बैंकमा रहेको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न सकिने गरि व्यवस्था मिलाईएको छ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवद्धधित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।आइएमई गु्रपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बंैकको भुक्तानी तथा फर्छेयौट् विनियमावली–२०७२ बमोजिक आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आईएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधान देखि लिएर विभिन्न अनलाईन तथा स्थलगत स्टोरहरुमा स्क्यान गरी भुक्तान गर्ने,मोबाईल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दैै आईरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्युन बैंकिङ सुबिधा प्राप्त सम्पुर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।सन् १९९४ मा स्थापना भएको एभरेष्ट बंैक लिमिटेड नेपालको भरपर्दो र व्यवसायिक कार्यक्षमता भएको बंैक मानिन्छ । भारतको पञ्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको यस बंैकले सेवाग्राहीको साथै समाजको अरु क्षेत्र जस्तै व्यापार ,कृषि तथा उद्योगमा पनि लगानी तथा अरु वित्तिय सुविधाहरु प्रदान गर्दै आएका छ ।एभरेष्ट बैंकको नेपालभरी ९८ वटा शाखाहरु ,१ सया २८ वटा एटिएम बुधहरु ,३१ वटा राजस्व संकलन र ३ विस्तारित काउन्टरहरु रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here