spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img

कास्की जिल्ला पोखरा महानगरपालिका–३० सैनिक बस्ती बस्ने ३१ वर्षीय बिक्की गुरुङ समेत २ जनालाई नियन्त्रित लागूऔषध २० एम्पुल डाईजापाम, २० ऐम्पुल फेनारगन र २० ऐम्पुल नुर्फिन सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले घरमा अवैध लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सिरहा जिल्ला लहान नगरपालिका–९ बस्ने ६५ वर्षीय देब नारायण चौधरीलाई करिब ९ सय अवैध लागूऔषध गाँजा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको किराना पसलमा अबैध लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पसल जाँच गर्ने क्रममा पसलभित्र लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here