spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

spot_img

बाँके –नेपालगंज उपमहानगरपालिका–७ गगनगंज बस्ने आदित्य श्रेष्ठलाई ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनकै कोठामा बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ बस्ने ३८ वर्षीय गणेश भण्डारी र नेपालगंज उपमहानगरपालिका–७ गगनगंज बस्ने २६ वर्षीय अंकित श्रेष्ठको साथबाट नगद १ लाख ३४ हजार रुपैयाँ फेला पारी प्रहरीले पक्राउ गरेको छ । यसैगरी मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–३ तिनताप्के बस्ने ३१ वर्षीय ईश्वर लामालाई करिब ४१ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा घरभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी दाङ जिल्ला बबई गाउँपालिका–६ पञ्चकुले चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय संजिव बोहरा समेत ३ जनालाई करिब ३ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here