spot_img
Friday, June 19, 2026
Homeखेलकुदनेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाईनल समीकरण पुरा

नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाईनल समीकरण पुरा

spot_img

नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता- २०८३ को फाईनल समीकरण पुरा भएको छ। महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब तथा पुरुष तर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लब फाईनलमा प्रवेश गरेका छन ।
महिलातर्फ त्रिभुवन चोक क्लबले लीग चरणमा २ जीत र २ हारसहित ६ अंक र बाँके गाउँ क्लबले ३ खेलमा अपराजित रहदै ९ अंक प्राप्त गरी फाईनलमा प्रवेश गरेका हुन।
त्यस्तै पुरुषतर्फ महेन्द्र पार्क क्लब र बाँके गाउँ क्लबले लीग चरणमा १ हार र २ जीतसंगै समान ७/७ अंक हासिल गर्दै फाईनलमा प्रवेश गरेका हुन ।
फाईनल खेल आज बेलुका ५:३० बजे हुने आयोजकले जनाएको छ। नेपालगन्ज उप- महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ बिहिवारदेखि नेपालगञ्जमा सुरु भएको हो। प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here