spot_img
Sunday, March 1, 2026
Homeराजनीतिजनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

जनताको सम्पर्कमा रहिरहन कोइरालालाई मतदाताको सुझाव

spot_img

बाँके क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले जनताको सम्पर्कमा रहिरहन सुझाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ र नेपालगन्ज–१९ तथा डुडुवा गाउँपालिका वडा नम्बर ३ मा आइतबार९आज० बिहान भएको घरदैलोका क्रममा उम्मेदवार कोइराला समक्ष उपस्थित भएका मतदाताले यसपटक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले जित्न लागेको भन्दै जितेर गएपछि पनि जनप्रतिनिधिको अनुभुति दिलाउन उनीहरुले सुझाव दिएका हुन् ।

‘हामीले जिताएर पठाएका जनप्रतिनिधिहरु यो बीचमा फर्केर कहिल्यै आएनन्, उधारो आश्वासन मात्रै बाँडेर गए, तपाई निर्वाचित भएर जानु भयो भने हामी जनतालाई कहिल्यै नर्बिसिनु होला ।’ जनप्रतिनिधि जनतासँगै रहेको अनुभुति आफुहरुले सधैंभरी गर्न पाउनुपर्ने नेपालगन्ज र डुडुवाका अधिकांस मतदाताहरुको अपेक्षा रहेको छ ।

मतदाताको कुरा सुनिसकेपछि उनीहरुलाई आश्वस्त पार्दै उम्मेदवार कोइरालाले आफु निर्वाचित भएपछि जनताको निरन्तर सम्पर्कमा रहेर सेवा दिने प्रतिवद्धता जनाए । ‘म जहाँ–जहाँ पुगेको छु, त्यहाँका जनताले आफुले जिताएको जनप्रतिनिधिलाई सहज रुपमा भेट्न पाइयोस् भन्ने अपेक्षा गर्नु भएको छ, यो स्वभाविक कुरा हो,’ उनले भने, ‘मैले पनि उहाँहरु समक्ष म सधैं तपाईले सहज रुपमा भेट्न पाउने अवस्थामा हुनेछु, म जनताको आवाज संसदमा बोल्नेछु, सडकमा आएर जनतालाई सधैंभरी साथ दिनेछु भनेर भनेको छु ।’

नेपालगन्ज–१३ मा घरदैलो गर्ने क्रममा उम्मेदवार कोइरालासँगै पार्टीका नेता राकेशकुमार श्रीवास्तव, युवा नेता बीरेन्द्र शाह, संदिपजंग शाह, दिनकर भट्टराई लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । सो क्रममा वडा नम्बर १३ को गंगापुर, महापुरुवा, लाालापुरुवा, खट्कनपुरुवा, तेलियनपुरुवा लगायत स्थानमा घरदैलो गरिएको थियो । यस्तै नेपालगन्ज–१९ स्थित नयाँ बस्तीमा भएको घरदैलोका क्रममा नेपाली कांग्रेसका नेता तथा वडा नम्बर १९ का वडाअध्यक्ष पर्शुराम कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित हल्बलडोली लगायत गाउँमा गरिएको घरदैलोका क्रममा पार्टीका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, नेतृ एवम् गाउँपालिका उपाध्यक्ष साहिदा बानो, नेपाली कांग्रेस डुडुवा–३ का वडासभापति छोटेलाल बर्मा, स्थानीय नेताहरु सकिल खाँ, जालिया खाँ, समसुद्धिन खाँ, लम्बु हाजी, गिर्खाउन खाँ लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here