spot_img
Friday, February 27, 2026
Homeब्यानरकोहलपुरमा घरदैलो गर्दै गौडेलले भने, भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा...

कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने, भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्

spot_img

नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । गौडेल घर(घरमा पुग्दै मतदातासँग मत मागे । हात जोडेर नमस्कार गर्दै, कसैको घरमा, कसैको पसलअगाडि रोकिँदै उनले एउटै सन्देश दोहोर्‍याइरहे–‘भावनामा बगेर होइन, सोचेर मतदान गर्नुहोस् ।’ गौडेलको भनाइमा यो निर्वाचन सामान्य होइन ।

२०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ मै हुँदैछ । ‘यो चाहेर भएको निर्वाचन होइन, तर अब विकल्प पनि छैन उनले भने–‘यस्तो अवस्थामा विवेकपूर्ण निर्णय गर्नु झनै आवश्यक हुन्छ ।’ देशको वर्तमान अवस्थालाई उनले विषम परिस्थिति भएको पनि उल्लेख गरे । कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताप्रति जनताको असन्तुष्टि स्वाभाविक रहेको पनि उनले स्विकार गरे । ‘ठूला दलबाट कमजोरी भएको छ, युवाहरु र नागरिकहरु रिसाएका छन् उनले भने,–‘तर त्यो रिसलाई एकछिन काबुमा राखेर सोच्ने बेला आएको छ ।’

उनको आग्रह स्पष्ट थियो रिसले होइन, जिम्मेवारीबोधले मतदान गरौँ । लोकतन्त्र र संविधानको रक्षा अहिलेको प्रमुख दायित्व भएको भन्दै उनले त्यसका लागि काँग्रेसलाई समर्थन गर्न आग्रह गरे । घरदैलोका क्रममा गौडेलले बारम्बार दोहोर्‍याएको अर्को वाक्य थियो–‘काँग्रेस बदलिएर आएको छ ।’ भ्रष्टाचार र कुशासनविरुद्ध निर्मम बन्ने अठोटसहित काँग्रेस नयाँ संकल्पका साथ अघि बढेको उनको दाबी थियो । ‘काँग्रेस देश बदल्ने संकल्प लिएर आएको छ उनले भने–‘यो पटक काँग्रेसलाई जिताएर देशलाई जिताउने अभियानमा जुट्न म सबैसँग आग्रह गर्दछु ।’ उनले नागरिकका असन्तुष्टिहरु भाषण र आश्वासनले मात्रै समाधान नहुने स्पष्ट पारे ।

‘समाधानको बाटो नीतिगत सुधार हो उनले भने–‘त्यसका लागि बलियो राजनीतिक इच्छाशक्ति चाहिन्छ । योजना चाहिन्छ । सुझबुझपूर्ण निर्णय गर्न सक्ने नेता चाहिन्छ । त्यो भनेको गगन कुमार थापा हुन् ।’ घरदैलोको क्रममा धेरै मतदाताले पनि आफ्ना मनका कुरा खुलेर राखे । उनीहरुले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गरे । तर नयाँ नेतृत्वसँगै परिवर्तनको सम्भावना देखिएको बताए । विशेष गरी गगन कुमार थापा नेतृत्वमा आएको नयाँ उर्जाले काँग्रेसभित्र सकारात्मक परिवर्तन आएको उनीहरुको धारणा थियो । ‘अब देशले मुहार फेर्छ कि भन्ने आशा पलाएको छ,’ सविता गिरीले भनिन् । आजको घरदैलो अभियानमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here