spot_img
Thursday, February 26, 2026
Homeराजनीतिनरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

नरैनापुरको घरदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

spot_img

नरैनापुरको घपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारीको बैजापुर कुम्मरदेखि नरैनापुर जोड्ने बाटो तत्काल निर्माण प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उक्त बाटो निर्माणका लागि बजेट विनियोजन भइसके पनि निर्माण कार्य हुन सकिरहेको छैन । जसका कारण स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ । ‘बाटो निर्माणका लागि बजेट विनियोजन भइसके पनि निर्माण प्रक्रियाले गति नलिनु राम्रो होइन गौडेलले भने–‘काँग्रेस बाँकेको सभापतिको नाताले पनि यसमा मेरो सम्वन्धित सरोकारवालामाथि दवाव र खवरदारी रहन्छ ।’ उम्मेदवार गौडेलले राप्तीसोनारी गाउँपालिका वडा नं. ७ को प्रिपहवा, देउपुरा र डुडुवा गाउँपालिकाको होलिया जोड्ने राप्ती नदीमा तत्काल झोलुंगे पुल निर्माण गरिने बताउँदै सोही स्थानमा दीर्घकालीन रुपमा पक्की पुल निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि उल्लेख गरेका छन् । गौडेलले राप्तीनदीबाट पूर्वतर्फ नरैनापुरसम्म जाने सिंचाई नहरको लागि थप बजेट व्यवस्थापन गरी त्यसलाई पूर्णता दिन पनि आफूले पहल गर्ने बताएका छन् ।

राप्तीसोनारी र नरैनापुर कृषिको उर्वरभूमि रहेको क्षेत्र भएकाले मल बीउविजन तथा सिंचाईको व्यवस्थापनका लागि आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने पनि उनले बताए । गौडेलले भने–‘सिक्टा सिंचाई आयोजनाको निर्माणाधीन पूर्वी नहरका लागि आवश्यक बजेट बिनियोजन गरी नरैनापुरको सुइँयासम्म सिंचाई पुर्याउन म अहोरात्र खटिनेछु ।’ गौडेलले कृषकको बजार पहुँच पुर्याउन राप्तीसोनारीमा २ वटा, नरैनापुरमा १ वटा कृषि उपज बजार संकलन केन्द्र स्थापना गरिने बताए । उम्मेदवार गौडेल बिहीबार विहान पनि नरैनापुरका विभिन्न वस्तीको घरदैलोमा व्यस्त छन् । गौडेलले विहान नरैनापुर गाउँपालिका वडा नं. ५ जमुनाह, दुलासपूर्वा, महादेवनगर, मोतीयापु, मटेहिया लगायतका वस्तीको क्षेत्रमा घरदैलो गरेका छन् ।
रदैलोमा व्यस्त गौडेल भन्छन्–‘किसानका उत्पादनलाई बजारसम्म जोड्छु’

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here