spot_img
Saturday, April 25, 2026
Homeराजनीतिनरैनापुरमा पुगेर गौडेलले भने ः बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ

नरैनापुरमा पुगेर गौडेलले भने ः बघौडाको समस्या काँग्रेस नेतृत्वकै सरकारले समाधान गर्छ

spot_img

नेपाली काँग्रेस बाँके क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायण प्रसाद गौडेलले आज नरैनापुर गाउँपालिका वडा नं। १ र २ का एक दर्जन वस्तीहरुको घरदैलो गरेका छन् । त्यसक्रममा उनले बघौडा क्षेत्रको समस्या समाधानका लागि काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको बताएका छन् । काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले प्रजातन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै विषम परिस्थितिमा निर्वाचन हुन लागेकाले विवेकपूर्ण निर्णय गर्न पनि मतदाताहरुलाई आग्रह गरे ।

घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका गौडेलले मतदाताहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले काँग्रेसको विजय सुनिश्चित भएको दाबी समेत गरे । घरदैलो अभियानमा समानुपातिक उम्मेदवार दीप नारायण बर्मा, काँग्रेस लुम्विनी प्रदेश सदस्य ईसाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, पूर्व क्षेत्रिय सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, भानुभक्त भट्टराई, चन्द्र बहादुर ओली लगायतका नेताहरु सहभागी रहेको पार्टी प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here