spot_img
Saturday, February 21, 2026
Homeब्यानरकांग्रेसका नेता जितेन्द्र हमाल (कैलाश) को निधन

कांग्रेसका नेता जितेन्द्र हमाल (कैलाश) को निधन

spot_img

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का सभापति जितेन्द्र हमाल (कैलाश) को निधन भएको छ। नेपालगन्ज वडा नम्बर १२ निवासी कैलाशको आज(शनिबार) बिहान साढे ५ बजे उपचारका क्रममा निधन भएको हो।
नेता कैलाश केही समयदेखि अस्वस्थ रहँदै उपचाररत थिए। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको निधनले नेपाली कांग्रेस बाँके–२ मात्र नभई समग्र क्षेत्रमै शोकको वातावरण छाएको छ।

पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित हमालले प्रदेश सभा ‘ख’ मा संगठन विस्तार र कार्यकर्ता परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसजनहरूले बताएका छन्।

नेता हमालको अन्त्येष्टि आज दिउँसो सिधनियाघाटमा गरिने बताइएको छ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here