त्रिभुवन विश्वविद्यालयले दोसो चरणमा स्थायी उपप्राध्यापकहरुको सेवाप्रवेश तालिम २०८२ मंसीर २१ देखि २५ सम्मका लागी सञ्चालन गरेको छ । दोस्रो चरणको तालिमका विभिन्न क्याम्पस तथा निकायहरुमा कार्यरत १३० जना स्थायी उपप्राध्यापकहरुको सहभागिता रहेको छ । दोस्रो चरणको सेवा प्रवेश तालिमको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दिपक अर्यालले त्रिभुवन विश्वविद्यालयको समग्र प्राज्ञिक विकासका लागी उपप्राध्यापकहरुको तालिम महत्वपूर्ण रहेको र तालिमले शैक्षिक क्षमताको विकाससँगै नेटवर्कीङ र अनुसन्धानका क्षेत्रमा लाग्न समेत नवप्रवेशिहरुलाई उत्प्रेरीत गर्ने धारणा व्यक्त गरेका थिए ।सम्पूर्ण अध्ययन संस्थान तथा संकायका पाठ्यक्रमहरु परीवतर्न गर्नुका साथै आफूहरु त्रिविको संरचनात्मक सुधार गर्नेपक्षमा काम गरीरहेको समेत धारणा व्यक्त गरेका थिए । तालिममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा खडग के।सीले देशकै गरीमामय संवैधानिक संस्था लोकसेवावाट सन्चालित प्रतिस्पर्धी परीक्षाबाट उत्तीर्ण सफल सवै उपप्राध्यापकहरुलाई उच्च मनोवलका साथ कार्यक्षेत्रमा योगदान गर्न अनुरोध गरेका थिए । उनले विश्वविद्यालका शिक्षकहरु ज्ञान उत्पादनकर्ता भएको हुँदा सम्पूर्ण उपप्राध्यापकहरुलाई अनुसन्धानमुलक लेखहरु प्रकाशन र विद्यावारिधी गर्न समेत अनुरोध गरेका थिए ।शिक्षाध्यक्ष प्रा.डा. केसीले भने, ‘तपाईहरु आफ्नै रोजाईले शिक्षण पेशामा आवद्ध हुनुभएको हो, आर्थिक उपार्जनका अन्य पेशासँग दाँजेर शिक्षण पेशालाई कमजोर बनाउने काम नगरीकन द्धितिय श्रेणीको हैतियत प्राप्त यस पदप्रति सम्मानभाव राख्नुहोस।’
तालिमका त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले देशकै सवैभन्दा क्षमतावान र बौद्धिकहरु कार्यरत संस्था त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षा मार्फत देशलाई आवश्यक सवै विधाका दक्क्ष जनशक्ति निमार्ण गरीरहेकोले त्रिविसँग आवद्ध भएकोमा सवै उपप्राध्यापकहरुले गौरवको महशुस गर्नुपर्ने बताए । व्याप्त निरासा, आलोचना र बौद्धिक अतिक्रमणबाट त्रिभुवन विश्वविद्यालयलाई थप सक्षम, अनुसन्धानमुखी, प्रतिस्पर्धी बनाउन नवनियुक्त उपप्राध्यापकहरुले महत्वपूर्ण योगदान गर्नुपर्ने बताए । कार्यक्रममा सहजकर्तासमेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा।डा तीर्थराज खनियाले विश्वविद्यालय मानवियसभ्यताको उच्चतम र सुन्दर सिर्जनाहरु रहेको धारणा बताए । सिप र ज्ञान आर्जनका महत्वपूर्ण गन्तव्य मानिने विश्वविद्यालहरु विश्वकै सर्वाधिक कीर्तिमान कायम सफल संस्थाहरु रहेको समेत बताए । तालिममा सहजकर्ताको रुपमा प्रा.डा. तीर्थराज खनीया, प्रा।डा केदार प्रसाद रिजाल, डा.बिष्णु खनाल, डा.पूर्ण कँडेल, डा. नरेन्द्र पौडेल, ड.जिवन काफ्ले, प्रा.डा खडग के.सी, प्रा.डा. बासुदेव काफ्ले, प्रा.डा पेशल खनाल, प्रा.डा सुशन आचार्य, प्रा.डा विनिल अर्याल, डा.इन्द्र उपाध्याय, प्रा.डा योगेन्द्र बहादुर गुरुङ्ग,प्रा.डा महेन्द्र महर्जन, प्रा.डा लेखनाथ शर्मा, प्रा.डा रामप्रसाद चौधरी, प्रा.डा शंकर प्रसाद खनाल, डा.प्रकाश गौतम, डा. रविन्द्र शिवकोटी र प्रा.डा चन्द्रमणी पौडेल रहेका थिए । तालिमको विधि,आचारसंहीता र तालिमको उद्देश्यको बारेमा जानकारी गराउँनुहुँदै त्रिवि समन्वय महाशाखाका प्रमुख दिपक तिवारीले सेवाप्रवेश तालिमले उप्राध्यापकहरुलाई थप अद्यवधिक गर्दै विश्वविद्यालय र उच्चशिक्षाका नविनतम आयाम र मान्यताहरुका बारेमा जानकारी गराउँदै सामाजिकिकरणमा मद्दत पुर्याउने धारण बताएका थिए ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











