spot_img
Friday, December 5, 2025
Homeकृषिनेपालगञ्जमा किसानहरुको दवाव प्रदर्शन

नेपालगञ्जमा किसानहरुको दवाव प्रदर्शन

spot_img

राष्ट्रिय किसान सञ्जालले आज आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेको छ । किसानका विविध समस्याहरुका विषयमा सरकारलाई दवाव दिन शान्तिपूर्ण जुलुस प्रदर्शन गरिएको नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री महेन्द्र मल्लले जानकारी दिए ।
नेपालगञ्ज कारकाँदोस्थित एस।के। पेट्रोल आसपासवाट शुरु भएको जुलुस सुर्खेतरोडस्थित खाद्य संस्थान नजिकै सभामा परिणत भएको थियो । उक्त सभालाई अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेम दंगालले विभिन्न समयका सरकारले किसानको समस्या सम्वोधन गर्नै नचाहेको आरोप लगाए।

अध्यक्ष दंगालले भने—‘किसानका मुद्दामा राज्य संवेदनशील हुन सकेको छैन’, उनको थप भनाई थियो । ‘कहिले उखुको समस्याको कुरा आउँछ, कहिले मल पाएनौं भन्ने समस्या आउँछ । अहिले धानले मूल्य नपाएको गुनासो आइरहेको छ । सरकारले किसानको पीरमर्का नै बुझ्नै चाहेको छैन् ।’ अध्यक्ष दंगालले किसानको हक, अधिकारको वकालत गर्न महासंघ प्रतिवद्ध रहेको समेत दावी गरे।

सभामा नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले किसानहरुले भोग्नु परेका समस्याको निराकरणका लागि सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकाले नै सडकमा किसानहरु आउनुपरेको हो बताए।
किसानका लागि हुने वीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत गरिनुपर्ने महासंघको माग रहेको अध्यक्ष तिमिल्सिनाले बताए ।

जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले जिल्ला सचिव बलराम भट्टराई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेल, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पुरुषोत्तम शर्मा, नेपाल किसान महासंघका केन्द्रीय सदस्यद्वय प्रेम खरेल र विनोदराज सिग्देल, लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकी लगायतको पनि जुलुसमा सहभागिता रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here