spot_img
Friday, December 5, 2025
Homeबजारनेपालगंजको शान्ति सुरक्षा पहिलो प्राथमिकताः प्रहरी निरीक्षक खड्का

नेपालगंजको शान्ति सुरक्षा पहिलो प्राथमिकताः प्रहरी निरीक्षक खड्का

spot_img

बाँके जिल्ला नेपालगंजको वडा प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी निरीक्षक शेखर खड्काले बाँकेमा क्रियाशिल पत्रकारहरुसँग भेटघाट कार्याक्रम गरेका छन । पत्रकार भेटघाटमा बोल्दै निरीक्षक खड्काले नेपालगंजको शान्ति सुरक्षामा कुनै प्रकारको कमी हुन नदिने बताएका छन । आफ्नो कार्यकालमा अपराध नियन्त्रण,मादक पदार्थ नियन्त्रण ,सवारी व्यवस्था सुधार तथा समुदायसँगको साझेदारीमा सुदृढ गर्ने लक्ष्य रहेको निरिक्षक खड्काले बताएका छन । निरीष खड्काका अनुसार प्रहरीको प्रमुख दायित्व नागरिकको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले हरेक गतिविधि पारदर्शी र जनमुखी बनाइने बताएका छन । नेपालगंजको परिदृश्यलाई चित्रण गर्दै निरीक्षक खड्काले भने,‘नेपालगंज देशकै मुख्य व्यवासायी केन्द्र भएको तथा खुल्ला सिमाना भएको अवस्थामा प्रहरीको प्रमुख दायित्व नागरिकको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले हरेक गतिविधि पारदर्शी र जनमुखी बनाउने प्रयास गर्नेछु ।’नेपालगंज बहुजातीय ,बहुसांस्कृतिक र सीमावर्ती सहर भएको यहाँको सुरक्षा संवेदनशील विषय हो र सामुदायको सहयोग र विश्वासका आधारमा प्रहरीले शान्ति सुरक्षलाई सुदृढ बनाउने निरिक्ष खड्काले भने ।
भर्खरै सरुवा भएर आएका खड्काले मंगलवार आफ्नै कार्यालयमा पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम गरेका थिए । त्यसक्रममा उनले रियाक्टिभ’ ढंगले काम गर्ने परिपाटी बदलेर प्रो–एक्टिभ’ भएर काम गर्ने बताए । उनले संचारमैत्री भएर काम गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि पत्रकारहरुबाट पनि आवश्यक सूचनाको अपेक्षा राखेको बताए । प्रहरी निरीक्षक खड्काले सीमा अपराध नियन्त्रण, लागूऔषध रोकथाम लगायतका विषय प्राथमिकतामा राख्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी,उपाध्यक्ष तिलक गाउँले,पत्रकार गजेन्द्र गुरुङ,मधु पौडैल,लक्ष्मी तिमिल्सेना,आशा परियार,सौरभ गिरी,गौरव गिरी, लगायतले पत्रकारहरुलाई सहज सूचना प्रवाह, समन्वय, सहकार्य तथा मिडियामैत्री भएर कार्य सम्पादन गर्न सुझाव दिएका थिए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here