‘आउनुहोस् हराएको मानवताको खोजी गरौं’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ निर्वाचित कार्यसमितिको अध्यक्षको पदमा सुमन गिरी,उपाध्यक्षमा खिम प्रसाद घिमिरे,सचिवमा इ.नेत्र प्रसाद सापकोटा,सहसचिवमा खुस्बु श्रीवास्तव र कोषाध्यक्षमा अब्दुल अजिज हलवाई निर्वाचित भएको छन भने कार्यसमितिको सदस्यमा ई.विवेक लामिछाने,रमेश पाठक,तारा रोकाय,रत्नाकुमारी गिरी,बसन्ता शर्मा र शरद प्रसाद रिजाल रहेको छन ।लुम्बिनी प्रदेश सभासद अम्बिका काफ्लेको प्रमुख आतित्थमा सम्पन्न उद्घाटन सत्रको कायक्रममा गैरसरकारी महासंघका केन्द्रिय सचिव नमस्कार शाह,विशिष्ट अतिथिमा नेपालगंज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट र जिल्ला प्रशासन कार्यालयका प्रमुख धर्मराज जोशी रहेका थिए । यसैगरी अतिथिहरुमा विरमी चन्द्र फाउन्डेसनका अध्यक्ष डा.डक्टप्रसाद धिताल,पुर्ण तारा फाउन्डेसनका अध्यक्ष तारा कुमारी रोकाय,गैर सरकारी महासंघ बाँकेका सचिव रमेश सिटौला,नाइस नेपालगंजका अध्यक्ष हेमराज भट्ट ,सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी लगायतको उपस्थिति रहेका थियो ।सोही सत्रमा संस्थाका अध्यक्ष मधु सुदन अधिकारीको अध्यक्षामा वार्षिक प्रतिवेदन,आर्थिक प्रतिवेदन लगायत संस्थाका कार्ययोजना तथा गतिविधिका सम्बन्धमा विभिन्न प्रस्तावनहरु पारित गरिएको थियो । संस्थाले पुर्व मन्त्री मोहम्मद इस्तियाक राई र विभिन्न संघसस्थामा सक्रिय रही मानवता नेपाल बाँकेसँग सहकार्य गरि काम गर्नु भएकोमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीलाई सम्मान गरिएको थियो ।












