spot_img
Friday, December 5, 2025
Homeब्यानरप्रेस युनियन बाँकेले तीज विशेष लगातयका कार्यक्रम गर्दै

प्रेस युनियन बाँकेले तीज विशेष लगातयका कार्यक्रम गर्दै

spot_img

नेपाल प्रेस युनियन बाँकेले यस वर्ष पनि तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले तीज विशेषलगायतका कार्यक्रम गर्ने निर्णयहरु गरेको हो ।

शाखाले बैठकबाट गरेको दुई वटा निर्णय अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने निर्णय भएको अध्यक्ष ढकालले जानकारी दिए ।

जस अन्तर्गत शाखाले यस वर्ष हरितालिका तीज पर्वको अवसरमा ‘तीज मिलन तथा लेखनवृत्ति प्रतियोगिता’ गर्ने भएको छ । उक्त कार्यक्रम भाद्र ६ गते शुक्रबार गर्ने तय गरेको छ ।

सो कार्यक्रमलाई भव्य बनाउनका लागि शाखाका उपाध्यक्ष निशा शाहको संयोजकत्वमा ६ सदस्यीय समिति गठनसमेत गरेको छ । संयोजक शाहसंगै समिति सदस्यहरूमा लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मला चौधरी, आरती कटेल र सुविता थारु रहेका छन ।

यस्तै लेखनवृत्ति प्रतियोगिता तथा तीज विशेषांङ्क युनियन बुलेटिनका लागि सचिव लोधको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समिति सदस्यहरूमा खडक खत्री, शुकराम चिडिमार, अभिषेक गुप्ता र प्रेम सिंह एस के रहेका छन ।

शाखाले तीजको मौलिकता र तीज सम्बन्धि महिला पत्रकारहरुद्वारा लेखिएका उत्कृष्ट लेख तथा फिचर स्टोरीलाई पुरष्कृत गर्नेछ । त्यसका लागि सहभागी हुनेहरूले प्रतियोगिहरुले यही साउन महिनाको ३० गतेसम्मभित्र युनियनको इमेल ठेगाना npu.banke@gmail.comमा आफ्ना लेख तथा फिचर पठाइसक्नु पर्ने निर्णय गरिएको सचिव लोधले बताए।

त्यस्तै युनियनका अग्रज निरज कुमार गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति पनि बनाईएको छ । उक्त समितिमा कमल खत्री र किरण आचार्य रहेका छन ।

दोस्रो निर्णय अन्तर्गत युनियन केन्द्रको निर्णयअनुसार झसय दिने सदस्यता विशेष अभियानञ जिल्लाले पनि प्रारम्भ गरेको छ । यस अभियान अवधिमा नयाँ साधारण सदस्यका लागि सदस्यता खुल्ला गरिएको छ भने नवीकरणका लागि सबै सदस्यहरुलाई आग्रह गरिएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here