spot_img
Friday, December 5, 2025
Homeबजारआयोडिन युक्त नुन सँगै ढिका नुनको खपत पनि बढ्यो

आयोडिन युक्त नुन सँगै ढिका नुनको खपत पनि बढ्यो

spot_img

नेपाली भान्सामा अत्यधिक आयोडिनयुक्त नुनको प्रयोगका कारण जनस्वास्थ्यमा गम्भिर असर परेको भन्दै पछिल्लो समय ढिका नुनको प्रयोग बढेको पाइएको छ । आयोडिन नुनको व्यापक प्रचारप्रसार पछि ढिका नुनको प्रयोगमा निकै कमी आएको भएता पनि पछिल्लो समय ढिका नुनको प्रयोग विगतको तुलनामा बढि भएको साल्टटे«डिङ्ग कर्पोरेसन लिमिटेड कार्णली प्रदेश कार्यालय मुकाम नेपालगंज बताउँछन ।
लिमिटेडका अनुसार यो वर्ष मात्रै ढिका नुन १ लाख ५१ हजार ४ सय २७ बोरा खपत भएको देखिन्छ भने त्यसैको अनुपातमा भानुनुन ८४ हजार ४ सय बोरा,आयोनुन ८२ हजार ४०२ बोर र न्यु शक्ति नुन १० हजार बोरो खपत भएको पाइएको छ ।
लिमिटेडले ढिका नुन मानिसले आफ्नो लागि भन्दा पनि घरपालुवा जनावरको लागि हुन सक्ने दावी गरेको पाइन्छ जसका कारणले अघिल्लो वर्षहरुको तुलनामा यसवर्ष ढिकानुनको माग बढेको कार्यालयको भनाई रहेको छ । प्रशोधन केन्द्रमा ५० पिपिएम ९भाग प्रतिमिलियन० सम्म आयोडिन मिसाइने गर्दा उपभोक्तासम्म पुग्दा सम्म यसको मात्रा सिफारिस भन्दा बढि हुने गरेको हो कि भन्ने शंका रहे नेपाल सरकार स्वास्थ मन्त्रालय लगायतको टिमले कम गर्न भने कम गरेर विक्री गर्न सकिने बताउँदै कार्यालय प्रमुख उपाध्यायले अयोडिनको प्रयोग कम गर्न भने कम्पनीलाई नै फाइदा हुने प्रतिक्रिया दिन्छन ।
साल्टटे«डिङ्ग कर्पोरेसन लिमिडेन प्रदेश कार्यालय मुकाम नेपालगंजका कार्यालय प्रमुख बासुदेव उपाध्याय भन्छन,‘आयोडिनको मात्रा हामीलाई थोरै भए पछि पुग्छ,खास गरी समुद्रको नजिक भएको बस्तीमा आयोडिन युक्त नभए पनि हुन्छ तर हाम्रो जस्तो मुलुकमा आयोडिनको भएको नुन अनिबार्य नै रहन्छ, आयोडिन हावा,पानी र तापको कारणले उडेर जाने गर्दछ ,जसमा हामी नेपाली सजक छैनौ,आयोनुन प्रयोग गर्नु हुदैन भन्नु भ्रम मात्रै हो ।’आयोडिनको विकल्प ढिका नुन नभएको बताउँदै प्रमुख उपाध्यायले अगाडि भन्छन,‘ढिका नुन मानव स्वास्थ्यको लागि निकै खराब छ ,हामीले पछिल्लो समय भानुनुन,नयाँ शक्ति नुन, र आयोनुन उत्पादन गदैैै आएका छौ,जसमा आयोनुन तीन पटक सम्म प्रशोधन भएर आउँछ भने नयाँ शक्ति नुन दुई पटक मात्रै ,आर्को भानुनुन खासमा पहाडी जिल्लाहरुमा नेपाल सरकारको ढुवानी अनुदानमा विक्रीवितरण हुदै आएको छ जसको गुणस्तरीयतामा कमी रहेको छैन ,सरकारको ढुवानी अनुदान भएको हुदाँ मुल्य कमी भएको हो ।’
नेपाल सरकारको ढुवानी अनुदानमा रहेको भानुनुन पहाड जिल्लाहरु जसमा हुम्ला,जुम्ला ,मुगु,जुम्ला,जाजरकोट,डोल्पा,कालिकोट,पुर्वी रुकुम र पश्चिम रुकुम ,र रोल्पामा जाने गरेको छ जसको मुल्य मात्रै ९ रुपैया रहेको छ भने आयोनुनको बजार मुल्य २६ रुपैया र न्य ुशक्तिको मुल्य १७ रुपैया रहेको छ जसमा े उत्पादित नुनहरुमा साल्टट्रडिङ्गको मुल्य अनुदान रहेको छ तर यसमा नेपाल सरकारको कुनै अनुदान नरहेको बताइएको छ ।

नेपालगंज स्थित साल्टट्रेडिङ्गको कार्यालयले खास गरी बर्दिया ,सुर्खेत र दाङमा आफ्नो सेवा दिदै आएको छ जसमा यस वर्ष आयोनुन १ लाख २१ हजार ७ जसमा बर्दियामा ५ हजार ९ सय ३६ बोरा,सुर्खेतमा ५५ हजार ८ सय १५ बोरा र दाङमा भैरवाबाट आउने भएता पनि नेपालगंजबाट ३ हजार बोरा पठाइएको कार्यालयले जानकारी दिएको छ । ६ महिना सम्म पुग्ने फ्रि फ्लोर ७१ हजार दुईसय ८१ बोरा कार्यालयमै रहेको समेत जानकारी कार्यालयले दिएको छ जसलाई प्रशोधन गरी आयोडिन,भानु र न्युशक्ति नुन उत्पादन हुने छ ।
विगतका वर्षहरुमा ढुवानीमा विभिन्न समस्या आउने गरेता पनि पछिल्ला समय ढुवानीमा कुनै समस्या नरहेको कार्यालय प्रमुख उपाध्याय बताउँदै भन्छन,‘केही वर्ष पहिला बाटोघाटोका कारणले ढुवानीमा समस्य थियो भने अहिले आएर त्यस प्रकारका समस्याहरु समेत नभएको पाएको छु ।’ कर्णाली प्रदेशको मुकाम प्रदेश कार्यालयको रुपमा रहेको नेपालगंज स्थित साल्टट्रेडिङले साविकको कर्णाली अञ्चल,भेरी अञ्चल र राप्ती अञ्चलका केही जिल्लाहरुमा कार्यालयबाट नुनको सप्लाई हुने गरेको छ ।नेपालगंजमा रहेको कार्यालय विभिन्न जिल्लाहरु आफ्ना डिपो कार्यालय र विक्री केन्द्र मार्फत नुन विक्री वितरण गर्दै आएको छ ।कार्यालयले अपुर्ति व्यवस्था सुदृढीकरण गर्दै आएको हुदाँ नेपालमा नुनको अभावको समस्या नरहेको दावी गर्दछ ।यसरी आयोडिन नुन खादा भएका आएका स्वास्थ्यमा देखिएका समस्या भन्ने खबरको प्रतिक्रिया दिदै कार्यालयले आयोनुनमा आयोडिनको मात्रा धेरै भएको भन्ने आएका विषयमा गम्भिर भएको छ र यस विषयमा स्वास्थ्य मन्त्रालयलाई पनि जानकारी भएको हुदाँ ढुक्क भएर आयोडिन युक्त नुन गर्न समेत सल्लाह दिएका छ ।
सरकारले अबदेखि नुनको परिक्षण र उचित आयोडिन मिश्रण अनिवार्य गर्दै साल्ट ट्रडिङ्ग माफत नै वितरणलाई सशक्त बनाउने योजना बनाएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलका अनुसार आयोडिन युक्त नुन लगायतका विषयमा आएको मुद्धालाई प्राथमिकतामा राखेर अघि बढ्ने र यसबाट जोखिम छ भने कमी गर्न र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि नुनमा आयोडिनको सन्तुलित प्रयोग सुनिश्चित गर्नु अनिवार्य भएको बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here