बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ सुर्यपटुवा स्थित पथ्थरबोझीमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा आवासीय रहेका असहाय अभिभावक विहिन बालबालिकाहरुलाई भेरी अस्पताल नेपालगञ्जमा निःशुल्क उपचार हुने भएको छ । अस्पतालका वरिष्ठ चिकित्सक पेट तथा कलेजो विशेषज्ञ तथा मधुवन नगरपालिका बर्दियाका स्वास्थ्य सल्लाहाकार डाक्टर संकेत कुमार रिसालले विद्यालयको एक कार्यक्रमा क्रममा उनीहरुलाई उपचार निःशुल्क गरिने बताएका हुन ।
डा. रिसालले आवासीय असहाय अभिभावक विहिन बालबालिकाका स्वास्थ्य शिक्षाका बारेमा चाँसो समेत लिएका छन । मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटलाई धन्यवाद दिदै स्थानियतहले जनताको करलाई अन्यत्त्र खर्च गर्नुको साटो आवश्यक क्षेत्रमा खर्च गर्नु पर्ने डा.रिसालले बताए । यसलाई दिगो राख्न सके सुनमा सुगन्ध हुने डा. रिसालको सुझाव छ ।यसैगरी स्थानिय सरकार जनताको समस्यालाई समाधान गर्नका लागि भएको बताउँदै नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले डा.रिसालको सामाजिक कामको प्रसन्सा गर्दै समाज बनाउनका लागि निम्ति सबै क्षेत्रको हातेमालो हुने पर्ने समेत बताए । २०७५ साल जेठ महिनादेखि ५ जना असहाय बालबालिकाबाट शुरु भएको विद्यालयमा हाल ४० जना असहाय बालबालिका रहेका छन् ।
विद्यालयमा २८ जना छात्र र १२ जना छात्रा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घन राज खत्रीले जानकारी दिएका छन । आवासीय असहाय अभिभावक विहिन बालबालिकाहरुलाई खाद्यन्न, शैक्षिक सामाग्री विभिन्न संघसंस्था, व्यक्तिगत लगायत मधुवन नगरपालिकाले समेत ठूलो सहयोग गरेको प्राधानाध्यापक खत्रीको भनाई छ ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस











