विश्व रक्तदान दिवसको अवसर पारेर आयोजना गरेको बहृत रक्तदान कार्यक्रमलाई सफल बनाउने सहयोग गर्ने सबैलाई धन्यवाद दिदै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज बाँकेले समिक्षा बैठक विहिबार सम्पन्न गरेको छ । समिक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा बोल्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज बाँकेका अध्यक्ष संजय थापाले सम्पुर्ण सहयोगीमनलाई धन्यावाद दिएका हुन ।रक्तदान कार्याक्रमका संयोजक तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिका नगर कार्यसमितिका अध्यक्ष शिव प्रसाद दाहालको सभापतित्वमा बसेको समिक्षा बैठकमा बोल्दै संयोजक तथा नगर अध्यक्ष दाहालले आफुले बृहत रक्तदान कार्यक्रमलाई सहज बनाउनका निम्ति विभिन्न उपसमितिमा रहेर सहयोग गर्ने सम्पुर्णलाई धन्यावाद दिएका थिए । यसैगरी संघका कोषाध्यक्ष विष्णु प्रसाद श्रेष्ठले आर्थिक सहयोग गरेर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नु हुने सबै धन्यवादका पात्रहरु भएको बताए ।
यसैगरी बिच रक्तदान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोग गर्ने सरोज बर्मा र दिपा कर्णलाई खादा र प्रमाणपत्र सहित सम्मान गरीएको थियो ।

संघका जिल्ला सचिव हिमनाथ पौडेलले सहजीकरण गरेको कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष प्रदिप गुप्ता,जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष टंक शर्मा,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज बाँकेका जिल्ला सचिव टेक बहादुर खड्का,संघका जिल्ला प्रवक्ता मख्खन धामी,संघका जिल्ला कोषाध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगंज उपमहानगरपालिका नगर सल्लाकार तथा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक,नगरका कोषाध्यक्ष पदम श्रेष्ठ ,प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगज बाँके जिल्लाका प्रेस सल्लाहकार मधु पौडेल लगायतको उपस्थिति रहेको थियो ।











