निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्र प्रमुख कार्यशाला गोष्ठी बुधवार बाँकेको नेपालगंजमा सम्पन्न गरेको छ । विगत लामो समय देखि वित्तीय क्षेत्रमा क्रियाशिल रहदै आएको निर्धनले केन्द्रको संचालन समन्वय,समुह व्यवस्थापनमा देखिएका समस्या लगायतका समस्या तथा गुनासा तथा सुझावहरु ग्रहण गर्ने उदेश्यले कार्यशाला गोष्ठीको आयोजना गरेको निर्धन शाखा प्रमुख विमल चन्दले जानकारी गराए । यसैगरी वडा नं.१८ का कार्यवाहक वडा अध्यक्ष चन्द्र बहादुर बुढाको प्रमुख आतिथ्यमा गरीएको कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रिय कार्यालय वरिष्ठ व्यवस्थापक जिताराम गौतमले कार्यक्रमलाई सम्बोधन गर्दै भने,‘हामीले संस्थाबाट प्रदान गरीने सेवा सुविधा लगायतका विषयमा जानकारी दिने र संस्थामा समुहमा रहेर काम गर्दै गर्दा आइपर्ने समस्याका विषयमा गुनासो र सुझाव लिनका निम्ति कार्यक्रमको आयोजना गरीएको हो ।’कार्यक्रमको उद्घाटन सत्रलाई स्वागत गर्दै संस्थाकी चिन्तु सिंह शाहीले प्रत्येक वर्ष केन्द्र प्रमुखहरुको गोष्ठी हुने गरेको र यस समयमा प्रत्येक समुहहरुको मुल्याङकन हुने गरेको बताईन । करिब १९ करोड भन्दा बढि लगानी रहेको यो संस्थाले ऋण कर्जा सगै विभिन्न अन्य क्रियाकलाप समेत गर्दै आएको आयोजकले जानकारी गराए ।संस्थाले लघुवित्त कर्जा स्वरुप संस्थामा सदस्य भएकाहरुलाई करिब ७ लाख विना धितो कर्जा ऋण प्रभाव गर्न सक्ने र संस्थामा सदस्य नभएकाहरुले समेत धितोको आधारमा ऋण पाउन सक्ने समेत आयोजक बताउँछन ।अतिथिका रुपमा रहेका मिन बहादुर हमालले समेत संस्थाले जनताका हितमा विगत लामो समय देखि काम गर्दै आएको हुदाँ संस्थामा सबैका आकर्षण बढ्दै गएको समेत दावी गरे ।७७ जिल्लामा आफ्ना साखाहरु विस्तार गरी सकेको संस्थाको नेपालगंजमा आयोजित कार्यक्रमको सभापतित्व राधिका शर्माले गरेकी थिइन । संस्थाको कर्मचारी इन्दीरा ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा वडा सस्य मनसुर खा,संस्थाका क्षेत्रिय प्रमुख मिन बहादुर हमाल लगायको उपस्थिति रहेको थिाये ।
हामीसँग जोडिनुहोस्
सिफारिस











