spot_img
Friday, March 20, 2026
Homeब्यानरपोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गर्ने व्यक्ती पक्राउ

पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गर्ने व्यक्ती पक्राउ

spot_img

बैदेशिक रोजगारी लैजाने कार्यलाई मानव वेचविखनको कित्तामा राखेता पनि नेपालमा यसलाई सामान्य रुपमा लिने गरेको पाइएको छ ।यसरी कानुनी मान्यतामा खुल्ला रुपमा नपाउने भएता पनि नेपालमा बैदेशिक रोजगारीका लागि दैनिक हजारौको सँख्यामा जाने गरेको तथ्याङले देखाउँछ । बैदेशिक रोजगारीमा जाने क्रममा सबैलाई राम्रो हुन्छ भन्ने छैन । कतिलाई दलाल ठग्ने र झुक्याउने पनि गर्छ । यसै क्रममा काठमाडौ महानगरपालिका वडा नं.४ घर भै टोखा नगरपालिका ६ ग्राण्डी बस्ने वर्ष ३५ का रोहित प्रजापति भन्ने रोजित श्रेष्ठलाई ठगी मुद्धामा काठमाडौ प्रहरीले प्रकाउ गरेको छ । जिल्ला तनहु बन्दिरपुर गाउँपालिका वडा नं.२ भै हाल काठमाडौ महानगरापलिका वडा नं.१७ बस्ने सुकमाया गुरुङले दिएको जाहेरका आधारमा ठगी मुद्धाका आारोपी श्रेष्ठले चिनजान भै कुरा हुदाँ जिल्ला काठमाडौ वडा नं.४ बालुवाटरामा रहेका संयुक्त नेपाल अनाथ आश्रम असहायक समाज संस्था संचालन गरेको छु,आफु उक्त संस्थाको केन्द्रिय अध्यक्ष भै संचालन गरेको र आफु उक्त संस्थाको केन्द्रिय अध्यक्ष,पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेको भनी सुकमाया संग पोर्चुगलमा काम लगाईदिने विश्वासमा भिषा प्रोसेसिङग एवं हवाई टिकटको लागि गुरुङ समेत अन्य ८ जनाबाट रु ३३,५०,००० ।(( तेत्तिस लाख पचाँस हजार ) रकम लिई ठगी गरेको भनी प्रहरीमा निवेदन पर्दा अनुसन्धानको क्रममा जाहरेवाल लगायतका व्यक्तिहरुको नाममा जारी गरीएको भनिएको हवाई टिकट तथा भिषा नक्कली भएको हुदाँ ठगी गर्ने प्रजापति भन्ने रोजित श्रेष्ठलाई प्रहरीले सोमबार जिल्ला काठमाडौ महानगरपालिका वडा नं.४ बालुवाटारबाट पक्राउ गरी अवाश्यक कानुनी कारवाही गरीएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here