बाँके जिल्लाडुडुवा गाउँपालिकामा स्थानिय सरकार आएको केही वर्ष पछि घरदैलो पशुसेवा संचालनमा रहेको कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाका पशु क्षेत्रमा उपचारका लागि निशुल्क गराएको घरदैलो पशुसेवा कार्यक्रम प्रभावकारी बन्दै आएको हो ।पालिकाका पशु पालक कृषकले फोन गरेको भरमा १५ देखि ३० मिनेटमा पशु केन्द्रबाट खटिएका कर्मचारीले घरमै गएर सेवा दिदै आएका छन । स्थानिय डुडुवा गाउँपालिका –३ बनकट्टीका कृषक अब्दुल अतहर खानले गाउँपालिकाको घरदैलो पशुसेवा कार्यक्रमलाई उपभोग गर्दै आएको र त्यसबाट सन्तुष्ट रहेको बताउँछन ।अतहर खानले भैसी र बाख्रा पालेका छन । उनले भने,“मैले भैसी र बाख्रा पालेको छु ,जानवर बिरामी हुदाँ कार्डमा लेखेको नम्बरमा फोन गर्दा निशुल्क रुपमा प्राविधिक कर्मचारीले घरमै आएर सेवा निशुल्क रुपमा औषधी पाउने गरेको छु ।”गाउँपालिकाले स्थानियलाई रोजगारी दिने भन्दा पनि उनीहरुलाई स्वरोजगार बन्न सिकाउनु पर्ने बताउँछन । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भने,“पालिकाले सबैलाई रोजगार दिन सक्दैन,तर जिवन स्तर परिवर्तनका गर्ने विषयमा लागी परका छौ,त्यसै अन्तर्गत हो यो कार्यक्रम ।”
कार्यक्रमको पुर्ण रुपमा लक्ष्य प्राप्ती गर्नका लागि ३ देखि ५ वर्ष सम्म लाग्ने देखिन्छ ।कार्यक्रमको प्रभावकारीतालाई हेर्दा बाँके जिल्ला मात्रै नभै नेपालकै बढि दुध उत्पादन हुने क्षेत्रका रुपमा डुडुवा गाउँपालिका बन्ने गाउँपालिकाको दावी रहेको छ ।कृत्रिम गर्भाधानको समेत व्यवस्था गरेको गाउँपालिकाले स्थानियले प्रत्येक्ष लाभ पाउने बताउँछ । गाउँपालिका पशुसेवा शाखाका पशु प्राविधिक शंकर यादवले घरदैलो पशु सेवा कार्यक्रम अन्तर्गत नौ जनाको टोली रहेको जानकारी गराएका छन ।यसैगरी गाउँपालिका प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले गाउँपालिकाले सबै कृषकहरुले पशुसेवा सहज रुपमा उपभोग गर्दै आएको बताए ।उनले भने, ‘हामीले पशुसेवाका लागि ५० लाख छुट्याएका छौं । पहिलो चरणको ठेक्का ९५० लाखको ओषधी० सकिएको छ । अब दोश्रो चरणको ठेक्का प्रक्रियामा रहेको छ । हामीले गाँउपालिको आन्तरिक श्रोतबाट नौं जना कर्मचारी करारमा भर्ना गरेर घरदैलो कर्याक्रम वर्ष भरिनै पशुसेवा तथा औषधी दिने गरेका छौं ।’
00
हामीसँग जोडिनुहोस्
सिफारिस











