गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कृषिप्रधान देश नेपालमा आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औंलाले गोवर्धन पर्वतलाई उठाएर द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।भगवान् श्रीकृष्ण सँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहार प्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्रीकृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोवर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईबस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतीकका रूपमा पुज्ने चलन छ ।गोवर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसका साथै आज कृषि औजारहरूको पनि पूजा गरिन्छ । आजको दिन गोरुलाई पिठो, नुन, चोक्कर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलो रोटी अर्थात् बाबर खान दिइन्छ ।
हामीसँग जोडिनुहोस्
सिफारिस











