लुम्बिनी प्रदेश वन,वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले खेलाडी नै देशलाई संसारमा चिनाउने माध्यम भएको शनिबार बाँकेको नेपालगंजमा आयोजित एक कार्याक्रममा बताएका छन । जिल्लाको नेपालगंज उपमहानगरपालिकामा रहेको श्रीराम स्पोर्ट क्लवको नव निर्मित भवन उद्घाटनका लागि पुगेका वन मन्त्री हमालले खेलाडीका कारणले देश,राष्ट्र तथा मुलुकलाई विश्वमा चिनाउन मद्द गर्ने बताए । मन्त्री हमालले मुलुकमा धेरै क्रान्तिहरु भै सकेको हुदाँ अवको क्रान्त्रि सामाजिक ,आर्थिक रुपमा हुनु पर्ने बताए ।उनले श्रीराम स्पोर्ट क्लवका खेलाडिहरुलाई देश र जनताको पक्षमा लाग्नु पर्ने बताएका छन । मन्त्री हमाले भने,“जव जव मुलुकमा अधर्मको शासन हुन्छ,कानुनलाई पालना नगर्ने,मानव अधिकार तथा सामाजिक प्रणालीलाई नमान्ने मानिसहरुको जन्म हुन्छ,त्यसबेला नै रामको जन्म हुने गर्दछ ।”उनले श्रीराम क्लवका खेलाडिहरुलाई हेर्दा आफ्नो विगतको सम्झाना आउने बताए । यसैगरी मन्त्री हमालले श्रीराम स्पोर्ट क्लवको विकास र खेलाडीको सुविधाका लागि रु ५ लाख संसद विकास कोषबाट प्रदान गर्ने घोषण पनि गरेका छन । त्यसै गरी उद्घाटन कार्यक्रममा बोल्दै पुर्व संघिय उद्योग मन्त्री गजेन्द्र बहादुर हमालले जो व्यक्तिले अत्याचार गर्दछ,त्यसको विरुद्ध श्रीराम स्पोर्ट क्लव जस्ता क्लवहरु लाग्नु पर्ने बताए । पुर्व संघिय मन्त्री हमाले भने,“स्पोर्ट क्लवमा भएको लाठिको माध्यमले अन्याय ,अत्याचारको विरुद्धमा,देशको प्रेमका लागि लाग्नु पर्ने हुन्छ ।”

कार्यक्रममा दशैको दुर्गा विर्सजनको अवस्थामा सहज वातावरण बनाउँदै सुरक्षाको भुमिकामा खटिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँके तथा जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरीएको थियो ।

यसैगरी भवन निर्माणको लागि सहयोग गर्ने सहयोगी दाताहरुलाई समेत सम्मान गरीएको थियो । कार्यक्रममा लाठि प्रतियोगितामा उत्कृष्ट, प्रथम,दोस्रो र तेस्रो हुनेलाई सम्मान गरीएको थियो ।

कार्यक्रम श्रीराम स्पोर्ट क्लवका अध्यक्ष शुशिल कुमार कमलको अध्यक्षता भएको थियो ।












