spot_img
Friday, June 20, 2025
Homeब्यानरसामुदायिक अध्ययनरत विद्यार्थीलाई हिमानी कोषको सहयोग

सामुदायिक अध्ययनरत विद्यार्थीलाई हिमानी कोषको सहयोग

spot_img

 हिमानी कोषको आयोजनामा बाँके नेपालगञ्जमा सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरिएको छ । कोषको आयोजनामा शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा पुर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिङ्ह र पूर्व शाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गरेका थिए।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाका अनुसार नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभुत विद्यालयका ६०० विद्यार्थीहरुलाई  पानी स्वत ः प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो । सो अवसरमा नगर प्रमुख राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाईकटाई तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरिन।
कार्यक्रममा हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही लगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गरेका थिए । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवास लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here