spot_img
Friday, February 23, 2024
Homeब्यानरसहजताको लागि वडाबाटै भत्ता वितरण

सहजताको लागि वडाबाटै भत्ता वितरण

spot_img

बाँके,नरैनापुर गाउँपालिका १ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । कोइला चमारिनले भनिन झन्डै एक घन्टा हिँडेर गाउँपालिका नजिकै रहेको लक्ष्मी सनराइज बैंक जानुपर्ने बाध्यता थियो ।
बैंकमा भीडभाड हुँदा रकम लिनका लागि घन्टौ समय कुर्नुपर्थ्यो । घरसम्म पुग्ने सडक भए पनि नियमित गाडी नचल्दा र समयमै अटो नभेटिँदा घर फर्कन पनि सास्ती झेल्नु पर्थ्यो । तर वडा कार्यालयमा‌ नै भत्ता बुझ्न पाए पछि सास्तीवाट मुक्ति पाएको उनको भनाइ थियो
नरैनापुर गाउँपालिकाका अरु अधिकांश जेष्ठ नागरिक र अशक्तहरू वडामै बैंक नभएर पालिका स्थित रहेको बैंकमा जानु पर्दा विभिन्न सास्ती भोग्दै आएका थिए ।

घरबाट बैंकसम्म आउँदा करिब दुई घन्टा हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अहिले अन्त्य भएको छ । नरैनापुर गाउँपालिकाले वडाबाटै र अशक्तका लागि घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि यहाँका स्थानीयलाई सहज भएको छ ।

बैंकका कर्मचारी, वडाका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा वडाबाटै भत्ता पाउन थालेपछि अहिले पालिका भित्रका अशक्त, अपांगता भएका र जेष्ठ नागरिकहरूलाई सहज भएको स्थानीयहरु बताउँछन् ।

यसअघि बैंकबाट भत्ता वितरण गरिएकोमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकलाई सास्ती भएको देखेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए । उनले आगामी दिनमा टोल र घरघरमा गएर भत्ता वितरण गर्ने तयारी गरेको बताए । नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ४ सय ७० जना छन् । सामाजिक शाखा प्रमुख जिवन लाल यादव, सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका एम आइ एम अपरेटर गोबिन्द प्रसाद गोडिया, फिल्ड सहायक सुरज कुमार श्रीवास्तव लगायतले भत्ता वितरण गरिरहेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here