spot_img
Saturday, July 27, 2024
Homeबजारसहकारीको समस्या समाधानमा शेयर सदस्यकै भुमिका महत्व

सहकारीको समस्या समाधानमा शेयर सदस्यकै भुमिका महत्व

spot_img

सहकारीको समस्या समाधानमा सदस्यहरुको नै भुमिका रहने सहकारी संचालकहरु बताउँछन । पछिल्लो समय सहकारीलाई आमनागरीकले हेर्ने नजरमा समेत परिवर्तन हुदै आएकोमा अवस्थामा सहकारी संचालकहरु मलिक बन्न खोज्ने र सहकारीमा लगानी गरेको सहकारी सदस्यहरुको सक्रिय भुमिका नहुदाँ सहकारी बदनाम हुदै आएको बताएका छन ।
शनिबार बाँके जिल्लाको नेपालगंजमा आयोजिक भेरी सहकारी वित्तीय संस्था लिमिटेडको २८ औ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघका सदस्य जवानसिंह वलीले संचालकहरुले आफुलाई मालिक ठान्ने प्रवृत्ति र सहकारी सदस्यहरुले आफ्नो भुमिका के हो भन्ने विषयमा चनाखो नहुदाँ नराम्रा व्यक्तिले खेल्ने अवसर पाएको हुदाँ सहकारीले बचतकर्ताको विश्वास गुमाउन थालेको बताए । सदस्य वलीले भने,‘यर्थातमा भन्नु पर्दा सहकारी हाम्रा लागि हो,सहकारी केही संचालकको लागि हो कि सदस्यहरुका लागि हो भन्ने कुरा छुट्याउन सकेका छैनौ,’। सदस्य वलीले अगाडि भने,‘सहकारी खासमा यही समुदायको लागि हो हाम्रो लागि हो ,हामीले जम्मा गरेको रकम नै हामीले ऋणको रुपमा पाउने हो,यसमा हामीहरु चनाखो बन्नु पर्छ भन्ने विषयमा सहकारीका सदस्यहरुको समेत ध्यान पुग्न सकेन अनि गलत मान्छेले फाइदा उठाउदै आएका छन ।’
यसैगरी उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ प्रतिनिधि उषा थापा भण्डारीले पछिल्लो अवस्थामा अधिकांश सहकारीहरु धरासायी परेको र केही सहकारीका संचालकहरु जेल समेत चलान भएको अवस्थामा सहकारी प्रतिको मोहलाई कायम राख्न निकै गाह्रो परिरहेको बताईन । सम्बोधनमा भण्डारीले भनिन,‘अहिले सहकारीको अवस्था यर्थातमा गम्भिर नभएको भएता पनि केही संचालकहरुको बेइमानीले गर्दा गम्भिर बन्नु परेको हो,यसलाई हामीले बुझ्नु पर्दछ ,केही संचालकहरुको वेइमानीको कारणले गर्दा अन्य सहकारीमा समेत बाधा पुगेको छ ।’
यसैगरी भेरी सहकारी वित्तीयका संस्थापक अध्यक्ष समेत रहेका व्यवसायी नेता अच्युत प्रसाइले पछिल्लो समय सहकारीमा आएको विचलनले गर्दा अगामी दिनमा सहकारीको भविष्य कस्तो हुने भन्ने विषयमा समेत प्रश्नहरु उठ्न थालेको बताउँदै भने,‘मलाइृ थहा छ ग्रामीण स्तरमा सहकारीको भुमिका निकै महत्वपुर्ण रहेको छ तर पछिल्ला घटनाक्रमले सहकारीको अवस्थालाई विश्लेषण गर्दा सहकारीको भविष्य के हुने भन्ने लागि रहेको हुन्छ ।’ यसैगरी राष्ट्रिय सहकारी बैक नेपालगंज शाखाका प्रकाश थपलियले सहकारीले गर्ने काम बैकले गर्न नसक्ने भएको हुदाँ यसमा शेयर सदस्यहरुको भुमिका महत्वपुर्ण रहने बताउँदै भने,‘सहकारीले गर्न सक्ने काम बैकहरुले गर्न नसक्ने भएको हुदाँ सहकारीका सदस्यहरुले सहकारीलाई अगामी दिनमा कसरी लैजाने,कार्यक्रम के बनाउने भन्ने विषयमा छलफल गर्नु पर्दछ ।’यसैगरी उद्घाटनसत्रमा संस्थाकी उपाध्यक्ष विन्दा खरेलले स्वागत मन्तव्य राखेकोमा सहजीकरण संचालक सदस्य मिन बहादुर नेपालीले गरेको थिए । संस्थाका अध्यक्ष पदम बहादुर भण्डारीले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेको थिए ।संस्थाका अध्यक्ष भण्डारीले संस्थाको सेयर पुजी दुई करोड बहत्तर लाख बैसठ्ठी हजार चार सय (२७२,६२,४००), निक्षेप चौध करोड छियानब्वे लाख बैसठ्ठी हजार आठ सय त्रिसठ्ठी(१४,९६,६२,८६३),कर्जा उन्नतीस करोड दुई लाख एकाउन्न हजार आठ सय पन्ध्र (२९,०२,५१,८१५),आम्दानी चार करोड सत्तहत्तर लाख छत्तिस हजार नौ सय सत्तिस रुपैया (४७७,३६,९३६) खर्च तीन करोड एक्काईस लाख सतहत्तर हजार सातसय एक रुपैया (३२१,७७,७०१) आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका थिए । यसैगरी अध्यक्ष भण्डारीले आफ्नो प्रस्तुति मार्फत नाफा÷नोक्सान (१५५,५९,२३५) एक करोड पचपन्न लाख उन्नसाठ्ठि हजार दुई सय पैतिस रुपैया रहेको बताए ।यसैगरी संस्थाको २८ औ वार्षिक साधारण सभामा संस्थालाई विभिन्न योगदान दिए वापत विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र,नगद र दोसल्ला सहित सम्मान गरीएको संस्थाकी व्यवस्थापक शोभा गुरुङले जानकारी दिइन ।सम्मानित हुनेमा शिव प्रसाद जोसी,माया गोडिया,उषा गुरुङ थिए । व्यवस्थापक गुरुङका अनुसार नयाँ कार्यसमितिका लागि यही साधारण सभाबाट मिति तोक्ने रहेको बताईन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here