spot_img
Saturday, July 27, 2024
Homeब्यानरलागूऔषध सहित पक्राउ

लागूऔषध सहित पक्राउ

spot_img

काठमाण्डौ-काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाईट्राभेट सहित भारत सितामणी कनौली बेताही बस्ने १९ बर्षीय दीपक कुमार पूर्बेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-०३-००१ ख ०४०६ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार दीपकले झोलामा लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यसैगरी पर्सा जिल्ला वीरगंज महानगरपालिका-८ रेडक्रस अगाडिबाट सोही महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २३ वर्षीय बिकाश कुमार शराफलाई २ सय ८० ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रदेश २-०३-००३ प ७१८४ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here