spot_img
Friday, July 26, 2024
Homeब्यानररिक्सा चोर पक्राउ

रिक्सा चोर पक्राउ

spot_img

जिल्ला प्रहरी कार्यालय बाँकेले इ-रिक्सा चोरी गर्ने चोरहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार ई- रिक्साको तार काटि चोरी गर्ने क्रममा विभिन्न व्यक्तिहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरेको बताएको छ ।कार्यालयका अनुसार बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा न.९ स्थित घरमा पार्किङ गरि राखेको ई-रिक्साको तार काटि चोरी गर्ने क्रममा नेपालगंज उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष २९ का गुड्डु जसगढलाई तार काट्ने औजार सहित नियन्त्रणमा लिएको थियो भने नेपालगंज उपमहानगरपालिका वडा नं.१० भृकुटिनगरमा पार्किङ गरि राखेको ने.१ ह् १०३६ नम्बरको ई-रिक्सा चोरी भएको खबर प्राप्त हुनासाथ खोजतलास गर्ने क्रममा जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१४ बस्ने वर्ष २८ का राजु जसगढले उक्त रिक्सा चोरी गरी लैजादै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस्तै बाँके प्रहरीले मोबाइल चोरलाई समेत पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा आएका बिरामी तथा कुरुवाहरुको मोबाईल चोरी गरि भाग्ने क्रममा नेपालगंज उपमहानगरपालिका वडा नं.२२ बस्ने २६ वर्षिय हकिकत अली किङ्गरियालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै चोरहरुलाई थप अनुसन्धान एवं कारवाही गरी अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here