spot_img
Saturday, July 27, 2024
Homeब्यानरमनोबल बढाउन मानसिक स्वास्थ्य तथा मानसिक सहयोग तालिम

मनोबल बढाउन मानसिक स्वास्थ्य तथा मानसिक सहयोग तालिम

spot_img

बाँके जिल्लाको नेपालगंजमा शुक्रबार सम्पन्न हुने गरी मानसिक स्वाथ्य तथा मानसिक सहयोग तालिम संचालन भएको छ । कोभिड–१९को दोस्रो लहर पश्चात मानिसहरुमा उत्पन्न भएको मानसिक रोगलाई न्यनिकरण गर्नका निम्ति सहकर्मी समाजको आयोजन तथा एक्टएलाइन्स एवं कोरडेट नेदरल्याण्डको सयुक्त लगानीमा उक्त तालिमको संचालनमा गरी गएको हो । खास गरी विद्यालय,स्वाथ्य क्षेत्र तथा सिमान्तकृत समुदायीहरुलाई लक्षित गरी कार्यक्रमहरु गर्दै आएको सहकर्मी समाजका कार्यक्रम संयोजक पंकज बहादुर शाहले जनाकारी गराए ।देशमा हुने विभिन्न पाकृतिक विपत्तीहरुको अकस्मात सामना गर्नु पर्दा मानिसहरुमा हुने एक प्रकारको मानसिक असन्तुलनलाई कसरी न्युनीकरण गर्न उदेश्यका तालिमको आयोजना गरीएको हो ।बाँकेका तीन स्थानिय तह नेपालगंज उपमहानगरपालिका,कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका गरी १६ जनाको सहभागित रहेको सहकर्मी समाजका जिल्ला संयोजक प्रतिमा रानाले बताईन । मानसिक स्वाथ्यमा खासै ख्याल नगर्ने नेपाली समाजलाई यस्ता तालिमहरुको निकै आवश्यकता पर्ने सहभागि दुर्गा के.सी ले बताईन । कोराना भाइरसको समस्याले गर्दा परेको मानसिक समस्याको विरुद्ध एक्टअलाइन्स नेपालको संयुक्त प्रतिक्रिया स्वरुप कार्यक्रमको ढाचाँ निमार्ण गरीएको कार्याक्रम संयाजक शाहले जनाकारी गराए । कोभिडको समयमा अत्यावश्यक कार्यक्रमको रुपमा बाँके र बर्दियाका स्थानियत तहहरुमा आपश्यकताको आधारमा सिमान्कृत समुदायहरु जस्तै कुसबधिया,मगन्ता एवं चिडिमार बस्ती तथा दाङका थारु कुमालहरुमा दिगो जिविको पार्जनका लागि सहयोगका कार्यक्रमहरु गरेको सहकर्मी समाजका निमित्त कार्यकारी प्रमुख राजाराम गुप्ताले बताए । उक्त तीन दिनसम्म संचालन हुने तालिममा दुर्गा बहादुर थापाले प्रशिक्षण गर्ने तालिम आयोजक संस्थाले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here