spot_img
Saturday, July 27, 2024
Homeब्यानरफैलिदै ओमिक्रोन ःसरकार स्मार्ट लकडाउनको तयारीमा

फैलिदै ओमिक्रोन ःसरकार स्मार्ट लकडाउनको तयारीमा

spot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन ।

सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन तथा कोभिड–१९ विरुद्ध खोप लगाउने कामलाई अझ तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए

बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ ।

संक्रमितहरुको संख्या बढेर गएमा भीडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए ।

‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हुन्छ। जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहनुस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भन्नुभयो,‘तयारीमा कुनै कसर बाँकी नराख्नुस्। खोप सबैलाई उपलब्ध गराउनुपर्छ।’

प्रधानमन्त्रीले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन। प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारी गर्नुपर्ने बताएका छन ।

एकैदिन २४ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि निर्देशक समितिको बैठक बोलाइएको थियो।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेत सहभागी रहेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मात्रै २४ जनामा ओमिक्रोन संक्रमण देखिएको जनाएको छ।
मन्त्रालयका अनुसार देशभरिबाट नमूना संकलन गरेर जिन सिक्वेन्सिङ गर्दा उनीहरुमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here