spot_img
Saturday, July 27, 2024
Homeब्यानरपत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

spot_img

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।  २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजले जनाएको छ ।तेस्रो सेमेस्टर र प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु गत पौष ३ गते पिक्नीक गएका थिए । उक्त पिक्नीकबाट बचेको रकम साहारा जेष्ठ नागरिक समाजलाई सहयोग गरेको विद्यार्थीको प्रतिनिधित्व गरेका सीआर भण्डारीले बताए । तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी सीआर भण्डारीले साहार जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here