spot_img
Saturday, July 27, 2024
Homeब्यानरन्यायिक सेवा तथा मेलमिलाप सम्बन्धी तिनदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

न्यायिक सेवा तथा मेलमिलाप सम्बन्धी तिनदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img

बाँके नेपालगंजमा स्थानिय तहबाट प्रवाह हुने न्यायिक सेवा तथा मेलमिलाप सम्वन्धी तिनदिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नेपाल कानुन समाजद्धारा आयोजित ,जिआईजेटको आर्थिक सहयोग तथा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षण कार्यक्रममा नेपालगंज उपमहानगरपालिका न्यायिक समितिका पदाधिकारी,मेलमिलापकर्ता तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरद्धारा उद्घाटित कार्यक्रममा स्थानिय न्यायिक समितिको भुमिका तथा संवैधानिक व्यवस्थाका बारेमा उच्च अदालत नेपालगंज बाँकेका न्यायधिश टेक प्रसाद ढुंगाना,अभिलेख व्यवस्थापन तथा न्यायिक प्रक्रिया एवं समाजिक मेलमिलाप कर्ताको भुमिका लगायतको विषयमा मकवानपुर जिल्ला अदालतका न्यायाधिश डिल्ली रत्न श्रेष्ठले प्रशिक्षण गरेको थिए । त्यसैगरी अन्य विषयका बारेमा अधिवक्ता सरस्वती श्रेष्ठ एवं पदम पाण्डेले प्रशिक्षण गरेका थिए । यसैगरी प्रशिक्षणको समापन कार्यक्रममा नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदी लगायतले मन्तव्य दिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here