spot_img
Saturday, July 27, 2024
Homeबजारनेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि:सदस्यता शुल्क ७९ प्रतिशतसम्म घटाइयो

नेपालगन्ज उद्योग वाणिज्य संघको औद्योगिक महोत्सव २६ माघदेखि:सदस्यता शुल्क ७९ प्रतिशतसम्म घटाइयो

spot_img

नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ ।
संघको बिहीबार बसेको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव–२०८० आयोजना गर्ने निर्णय गरेको प्रवक्ता डम्बरबहादुर चन्दले जानकारी दिए । कोरोनाकाल यता नेपालगन्जमा संघले महोत्सव गर्न नसकेको संघले संघले नयाँ सदस्यताका लागि हालसम्म लिँदै आएको प्रवेश तथा वार्षिक सदस्यता शुल्क व्यापक रुपमा घटाइएको महासचिव भीमबहादुर रानाभाटले जानकारी दिएका छन । महासचिव रानाभाटका अनुसार साधारण सदस्यतर्फ एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको पूँजीमा प्रवेश शुल्क पाँच सय र वार्षिक सदस्यता शुल्क ११०० रुपैयाँ, २० लाख भन्दा माथि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क १००० र वार्षिक सदस्यता शुल्क २१०० र ५० लाख भन्दा माथिको पूँजीमा प्रवेश शुल्क १००० र वार्षिक सदस्यता शुल्क ३१०० समायोजना गरेको छ ।
यसअघि संंघको १ साउन २०७८ यता लागू गरेको साधारण सदस्यतर्फ पाँच प्रकारले प्रवेश शुल्कमा कम्तीमा ८०० रुपैयाँदेखि बढीमा ४००० रुपैयाँसम्म र वार्षिक सदस्यता शुल्क कम्तीमा ९०० रुपैयाँदेखि बढीमा ४५०० रुपैयाँसम्म कायम रहेको थियो । एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म प्रवेश शुल्क ८०० र वार्षिक सदस्यता शुल्क ९००, ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म प्रवेश शुल्क १३०० र वार्षिक सदस्यता शुल्क १४००, १० लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म २४०० प्रवेश शुल्क र २५०० वार्षिक सदस्यता शुल्क, २० लाखदेखि ५० लाख रुपैयाँसम्म प्रवेश शुल्क ३५०० र वार्षिक सदस्यता शुल्क ३९००, ५० लाख भन्दा माथिको ४००० प्रवेश शुल्क र ४५०० वार्षिक सदस्यता शुल्क कायम गरिएको छ ।
एशोसियट सदस्यतातर्फ प्रवेश शुल्कमा कम्तीमा ५० प्रतिशत कम गरिएको छ । त्यसैगरी एशोसियट सदस्यता शुल्क एक करोडभन्दा माथि जतिसुकै पूँजीको भए पनि प्रवेश शुल्क ३००० र वार्षिक सदस्यता शुल्क ५००० बनाइएको छ । यस अघि ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म ५००० प्रवेश शुल्क र ६००० वार्षिक शुल्क थियो । त्यस्तै एक करोड भन्दा माथिको पूँजीमा ६ हजार रुपैयाँ प्रवेश शुल्क र ७५०० वार्षिक सदस्यता शुल्क थियो ।
सम्बद्ध सदस्यको हकमा भने प्रवेश शुल्क र वार्षिक सदस्यता शुल्क पाँच पाँच हजार गरिएको छ । सम्बद्ध सदस्यको शुल्क भने यथावत नै राखिएको हो । आगामी पौष समान्तसम्म विलम्व शुल्क नलिएर सदस्यता नविकरण गर्ने पनि निर्णय गरिएकोे छ ।
संघका अध्यक्ष टंकबहादुर धामी सदस्यतामा धेरै भन्दा धेरै उद्योगी व्यवसायीको पहुँच बृद्धि गर्न प्रवेश शुल्कमा ७९ प्रतिशतसम्म घटाएर समायोजन गरेको दाबी गरे । अध्यक्ष धामी संघको सदस्यता शुल्क महंगो भयो भन्ने व्यापक रुपमा आएको गुनासोलाई सम्बोधन गर्न घटाएको बताए।
त्यसैैगरी बैठकले नेपाल सरकारबाट सडक विभागको भोगाधिकार प्राप्त १० बिघा जग्गा पुनः प्राप्तीका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here