spot_img
Friday, September 6, 2024
Homeब्यानरनेपालगंज वडा ४ मा मेलमिलाप केन्द्र

नेपालगंज वडा ४ मा मेलमिलाप केन्द्र

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका वडा नं.४ मा सोमबार एक कार्यक्रम गरी वडा स्तरीय मेलमिलाप समितिको कार्यालय उद्घाटन गरीएको छ । वडाका वडा अध्यक्ष सफिक बेहनाको अध्यक्षतामा भएको उद्घाटन भएको हो ।उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बेहनाले नगरपालिकामा न्यायिक समिति स्थापना भएको लामो समय विति सक्दा पनि वडा स्तरमा मेलमिलाप समितिको कार्यालय स्थापना हुन नसक्दा मेलमिलापलाई भने जसरी वडामा गर्नु पर्ने हो त्यसरी हुन नसकेको बताए । उनले भने,‘अव वडा स्तरीय मेलमिलाप कार्यालयको स्थापना भएको हुदाँ स्थानिय विवादहरु मिलाउन सहज हुनेछ,’ अध्यक्ष बेहानाले मेलमिलाप कर्ताका लागि आवश्यक पर्ने सम्पुर्ण बजेटको व्यवस्था समेत वडाबाट गरीने बताए ।यसैगरी कार्यक्रममा अतिथिको रुपमा उपस्थित नेपालगंज उपमहानगरपालिका कार्यापालिका सदस्य तथा वडा नं.४ वडा सदस्य इन्दीरा शाहीले वडामा अव आउने विवाद सहज र सरल रुपमा हुने बताईन । उनले भनिन,‘पहिला मेलमिलाप कर्ताको समिति मात्रै थियो अव कार्यालय स्थापना भएको छ,स्थानिय विवाद समाधान वडाबाटै हुने छ ।’ कार्यालय उद्घाटन समारोहमा बोल्दै नेपालगंज उपमहानगरपालिका स्तरीय सामुदायिक मेलमिलाप समितिका संयोजक शिव कुमार बर्माले मेलमिलाप कर्ताले गर्ने समिति विवादका बारेमा स्पष्ट पारेको थिए । संयोजक वर्माले भने,‘वडामा मेलमिलाप कार्यालय स्थापना हुदै गर्दा मेलमिलाप कर्ताले फौजदारी वाहेक मात्रै १४ प्रकारका विवादहरुलाई हेर्न सक्नु हुन्छ,मेलामिलाप गराउँद वडाका जनप्रतिनिधिहरुसंगको समन्वय र सहकार्य निकै महत्वपुर्ण हुने छ ।’

नेपालगंज उपमहानगरपालिका स्तरीय सामुदायिक मेलमिलाप समिति सचिव तथा संचारकर्मी मधु पौडेलद्धारा सहजीकरण गरेको उद्घाटन कार्यक्रममा वडा नं.४ का वडा स्तरीय मेलमिलापकर्ता कलम(कौशल)सुनार,युथटुडेका प्रकाशक सम्पादक आलम खानलगायतले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रममा नेपालगंज उपमहानगरपालिका स्तरीय सामुदायिक मेलमिलाप समिति सदस्य अस्मिता शाह महतरा लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here