spot_img
Saturday, July 27, 2024
Homeब्यानरदुई दिने क्षमता अभिबृद्धि तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

दुई दिने क्षमता अभिबृद्धि तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

spot_img

नेपालगंज उपमहानगरपालिकामा सुचिकृत भएका मेलामिलापकर्ताको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदान सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी बुधबार बाँकेको नेपालगंजमा सम्पन्न भएको छ ।उपमहानगरपालिकाका २३ ओटै वडा समुदायिक मेलमिलापकर्ताको सहभागितामा सम्पन्न दुई गोष्ठीको समापन गर्दे नेपालगंज उपमहानगरपालिका न्यायिक समितिका सदस्य देउमन सुनारले मेलमिलाप कर्ताहरुको इच्छा तथा आवश्यकतालाई ध्यानमा राखि यस प्रकारको कार्यक्रम राखिएको बताए ।यसैगरी समापन कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिका नगर स्तरीय सामुदायिक मेलमिलाप समितिका संयोजक शिव कुमार वर्माले वडास्तरीय मेलमिलाप समितिलाई अझै ससत्त रुपमा लैजान नसकिरहेका हुदाँ यस तर्फ नेपालगंज उपमहानगरपालिकाको ध्यान जानु पर्ने बताए ।

कार्याशाला समापनमा बोल्दै केन्द्रिय मेलमिलाप समितिका अध्यक्ष एवं प्रशिक्षक शोभा बस्नेतले न्यायिक समितिलाई सक्रिय बनाउन मेलमिलापकर्ताहरुको भुमिका पनि निकै महत्वपुर्ण रहने बताईन । अध्यक्ष बस्नेतले समस्या जहा हुन्छ समाधान पनि त्यही हुने हुदाँ मेलमिलाप प्रक्रियाबाटै समस्याको समाधान निस्कन सक्ने बताईन । नेपालगंज उपमहानगरपालिको आयोजनामा आयोजित दुई दिने कार्याशाला गोष्ठी सुशासनका लागि क्षमता विकास परियोजना अन्तर्गत जिआईजेटका प्रतिनिधि अजिता पोख्रेलले कार्याशालाको उदेश्य पुरा भएको बताइन । प्रतिनिधी पोख्रेलले दुई दिनको बसाईमा क्षमता अभिवृद्धिका साथै सिकाई विभिन्न विषयहरु सिकाउन सकिएको बताईन ।कार्याशाला समापनको सहजकरण नेपालगंज उपमहानगरपालिका सामुदायिक मेलमिलाप समितिका सचिव तथा संचारकर्मी मधु पौडेलले गरेको थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here