बाँके खेलाडीहरुको उर्वर स्थानको रुपमा चिनिदै आएको भएता पनि पछिल्लो समय खेलाडीहरुको खेल प्रतिको मोह घट्दै गएको भन्दै पुर्व खेलाडीहरु एकबद्ध हुदै आएका छन । खेल र खेलाडीलाई नजिकबाट बुझ्दै र अनुभव वटुल्दै लामो समय सम्म आफ्नो जिवनलाई खेलमा सर्मपित गरेको बाँकेका खेलाडीहरु गोलबद्ध हुन थालेका हुन ।
बाँके जिल्लालाई खेलविधाबाट चिनाउने तथा जिल्लामा खेलका लागि आवश्यक पर्ने खेलाडी एवं भौतिक क्षेत्रको समेत छनोट गर्ने उदेश्य राख्दै आफुहरु समाज मार्फत अगाडी आइरहेको पुर्व खेलाडि समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दीकीले जानकारी दिए । बाँकेलाई खेलकुदबाट चिनाउँदै आएको अवस्थामा अझै पनि खेलकै मार्फतबाट चिनाउने विषयमा आफुहरु लागि पर्ने समाजका कार्यवाहक अध्यक्ष सिद्दीकले जानकारी दिए ।कार्यवाहक अध्यक्षले भने,‘हामीले खेल्दै गर्दा पुर्व खेलाडीहरुको खेल खेलने स्थान कहाँ भन्ने प्रश्न उठ्दै आएको हुदाँ समाजको गठन गरीएको हो ।’यसैगरी समाजका महासचिव जय कुमार शर्माले भने,‘अहिले खेलप्रति कसैको पनि धेरै आकर्षण भएको देखिदैन,यसले नयाँ खेलाडीहरु खेल क्षेत्रमा आउने सँख्यामा कमी आएको छ ,हाम्रोमा समाजका काम भनेको आवश्यक भौतिक संरचनाको व्यवस्थापन तथा नयाँ खेलाडीहरुलाई तालिम र प्रतियोगिता हो,यदी हामीले वर्षमा विभिन्न तालिम र प्रतियोगिता गराउने सकेको खेलाडी बढ्ने विषयमा शंका मान्नु पर्दैन ।’
पुर्व खेलाडीहरुको समाजमा खेल सम्बन्धि प्राविधिक ज्ञान तथा खेलका विभिन्न विधाका सम्बन्धमा दखल राख्ने व्यक्तिहरुको सहभागिता रहेको हुदाँ समाजले खेलका विषयमा उल्लेख्य काम गर्ने लक्ष्य राखेको बताउँछन अन्तराष्ट्रिय खेलाडीका रुपमा रहेका वर्ततमान नेपालगंज उपमहानगरपालिका वडा नं।२ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ । अध्यक्ष श्रेष्ठले भने,‘अहिले स्थानिय सरकारले समेत खेलका लागि भनेर प्रशस्त बजेट छुट्याउने गरेको पाइन्छ हामीले त्यसलाई प्रयोग गर्न पाए पनि नयाँ खेलाडीको आगमन खेल क्षेत्रमा हुने छ । ’
यसैगरी पुर्व खेलाडी समाज बाँके दर्ता गरेको केही वर्षमै खेल प्रतिको आफ्नो जिम्मेवारी देखाउने भएको छ । समाजले नेपालगंज उपमहानगरपालिकाको सहयोगमा यही जेष्ठ ९ र १० गते अण्डर–१५ ब्वाईज सिंगल र मेन्स डबल बी लेबल व्याडमिन्टन र विद्यालय स्तरीय महिला एवं पुरुष भलिवल प्रतियोगिता गर्ने शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । खेलका बारेमा जानकारीले दिदै पुर्व खेलाडी समाज बाँकेका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले भने,‘नेपालगन्ज रंगशाला स्थित कबर्ड हलमा आगामी जेष्ठ ९ र १० गते व्याडमिन्टन तथा जेष्ठ १६ गते देखि १८ गते सम्म भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ,व्याडमिन्टन अण्डर १५ मा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार,५ हजार र दुई हजार पाँच सय तथा मेन्स डबल्समा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमशः २० हजार ,१० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ’ ।यसै कार्यवाहक अध्यक्ष सिद्दिकीले अगाडी भने,‘भलिबलमा महिला र पुरुष तर्फ प्रथम,द्धितीय र तृतीय हुने टिमलाई क्रमशः २० हजार,१५ हजार,र १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।’विजय खेलाडीहरुलाई नगद पुरस्कारका साथै प्रमाणपत्र ,पदक,कप र ट्रफी समेत प्रदान गरीने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार नक आउट प्रणालीमा खेलाइने प्रतियोगितामा भलिबलतर्फ महिला र पुरुष गरी १५ वटा टीम तथा व्याडमिन्टनतर्फ ७५ जना खेलाडीको सहभागिता रहने अपेक्षा गरीएको छ ।
निःशुल्क प्रवेश रहेको प्रतियोगितामा व्याडमिन्टनमा ३ लाख पचास हजार तथा भलिबल खेलमा ४ लाख पचास हजार गरिब करिब ८ लाख रुपैया लाग्ने अनुमानित बजेट रहेको समाजका सचिव एवं पत्रकार नरेन्द्र थापाले जानकारी दिएका छन । पत्रकार सम्मेलनको सहजीकरण समाजका महासचिव जयन्त कुमार शर्माले गरेका थिए भने कार्यक्रमको मध्येपश्चिम क्षेत्रिय विकास समितिका कार्यालय प्रमुख महेश चन्द ,पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी लगायतको उपस्थिति रहेको थियो ।
