spot_img
Tuesday, May 20, 2025
Homeबजारआतंकवादीको कुनै धर्म हुदैन ःनेता रौनियार

आतंकवादीको कुनै धर्म हुदैन ःनेता रौनियार

spot_img

नेपाली कांग्रेसका नेता तथा सामाजिक अभियान्ता ललितकुमार रौनियारले भारत र पाकिस्तान विचको युद्धका बारेमा टिप्पणी गर्दै आतंकबादीको कुनै धर्म नहुने बताएका छन ।
नेता रौनियारले सामाजिक संजालमार्फत अभिव्यक्ति दिदै आतंकबादीको कुनै धर्म हुदैन तर पनि धर्म कै नाममा आतंककारी गतिविधि गरिन्छ र आफुलाई नै पिडित भनेर भिक्टिम कार्ड खेल्ने गरेको हुदाँ यस्ता गतिविधिको सर्वत्र विरोध हुन जरुरी रहेको बताउँछन ।

नेता रौनियार समाजिक संजालमा लेख्छन‘, हमासका आतंककारी गतिविधिले गर्दा लाखौ निर्दोष फिलिस्तिनी महिला र बालबालिकाहरु मारिए तैपनि हालसम्म हमासले बन्दी बनाएकाहरुलाई छोडेको छैन किन?’रौनियार प्रश्न गर्छन र लेख्छन ,‘प्रश्न गर्न जरुरी छ इजरायलले महा गलत युद्ध अपराध गरिरहेको छ यसमा कुनै दुईमत छैन तर उसलाई अपराध गर्न बाध्य गर्ने हमासका आतंककारी कुनैपनि हालतमा कम दोषी छैनन,उनीहरुको लडाई सरकारसँग हो सरकार सँग लड निर्दोष नागरिकहरुको हत्यालाई कुनैपनि निहुमा जायज मान्न सकिन्न’ ।
यसैगरी नेता रौनियार अगाडि लेख्छन,‘त्यहि कुरा काश्मीरको सन्दर्भमा पनि छ। उनिहरुको असहमति भारत सरकार संग होला तर त्यसको निहुमा त्यहाका निहत्था र निर्दोष नागरिकको हत्यालाई कुनै पनि प्रकारले जायज मान्न सकिन्न। त्यस्ताहरु माथि गरिएको आक्रमण र कार्यवाही जायज हो।यस्ता आतंकबादीहरुलाई पाकिस्तानले नै कार्यवाही गरेको भए यो अवस्था सृजना हुन्थेन होला। तैपनि भारतिय बिदेश मन्त्रालयका अनुसार यो हमला पाकिस्तानी सेना र नागरिक माथि नभई आतंककारीहरुको ठेगानामा गरिएको हो त्यसकारण पाकिस्तानले पनि यसमा भारतको साथ दिएर पाकिस्तानलाई पनि आतंक मुक्त बनाउदै पाकिस्तान लाई शान्ति र समृद्धि अग्रसर हुंदै बिनाश होईन बिकासको बाटोमा बढाउन जरुरी छ। साथै हाम्रो देशमा यस घटना प्रति नकारात्मक र भ्रामक टिकाटिप्पडी गर्न बाट हामी सबै सचेत हुन जरुरी छ।’

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here