spot_img
Saturday, July 27, 2024
Homeब्यानरआगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

spot_img

रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–४ सिमपानी बस्ने ४६ वर्षीय मुक्त वहादुर बुढाको घरमा बुधबार दिउँसो आगलागी हुँदा नगद ३५ हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र समेत जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस्तै बर्दिया जिल्ला गेरुवा गाउँपालिका(२ पाताभार बस्ने ५८ वर्षीय चित्र बहादुर बिकको भन्सार घर छेउमा राखेको से।१ प ९५४५ नम्बरको मोटरसाइकलमा गएराति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ । यसैगरी नवलपरासी(पूर्व) बिनयी त्रिबेणी गाउँपालिका–७ रानीनगरमा विवेक गौतमको फेन्सी पसलमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ । यसैगरी दोलखा जिल्ला शैलुङ गाउँपालिका–८ फलामपोखरी बस्ने गिता बस्नेत थपलियाको कुखुराको खोरमा बुधबार राति आगलागी हुँदा जस्ताको टहरा, अण्डा पार्ने ८ सय वटा कुखुरा र ४ सय २० क्रेड अण्डा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here