spot_img
Saturday, July 27, 2024
Homeब्यानरअवैध लागूऔषध ४ सहित पक्राउ

अवैध लागूऔषध ४ सहित पक्राउ

spot_img

काठमाडौ महानगरपालिका–१६ स्थित होटलबाट २२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र १ थान डिजिटिल तराजु सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–९ ठेगाना भएका ३२ वर्षीय राजकुमार धिताल र बढैयाताल गाउँपालिका–७ ठेगाना भएका २५ वर्षीय रमेश थारु रहेका छन् । यसैगरी काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–२ ठेगाना भएका २६ वर्षीय ईश्‍वर ईटनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । साथै लागूऔषध कारोबारमा संलग्न झापा जिल्लाको बिर्तामोड नगरपालिका–९ ठेगाना भएका ३३ वर्षीय रन्जित राजवंशीलाई समेत झापाबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जानकारी गएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here