spot_img
Saturday, July 27, 2024
Homeब्यानरअन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसमा सचेतनामुलक कार्यक्रम

अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसमा सचेतनामुलक कार्यक्रम

spot_img

अन्र्तराष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस बाँकेको नेपालगन्जमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले भ्रष्टाचारविरुद्धको अभियान हाम्रो अधिकार हाम्रो भुमिका भन्ने नाराका साथ यसप्रतिको प्रतिबद्धता गरि मनाएको हो ।
संस्थाले जिल्ला प्रशासन कार्यालय अगाडी दिप प्रज्जवलन कार्यक्रम गरेको छ । भने डुडुवा गाउँपालिकामा भ्रष्टाचारविरुद्ध हाम्रो प्रतिबद्धतासहितको हस्ताक्षर संकलन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय अगाडी आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा समेत संस्थाले हस्ताक्षर संकलन गरेको थियो ।
यसैगरि संस्थाले आज विश्व मानव अधिकार दिवस पनि मनाएको छ । जिल्लामा विभिन्न अधिकारकर्मी संस्थाहरुको समन्वयमा स्थानीय मानव अधिकार संजालको संयोजनमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
यसैगरि लैङिक हिंसाविरुद्धको १६ दिने अभियानको आज अन्तिम दिनमा बृहत रयाली निकालिएको छ । नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा आयोजित कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र लगायतका संस्थाहरुको तर्फबाट बृहत सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न सचेतनामुलक सन्देश लेखिएको व्यानर तथा प्ले कार्ड प्रर्दशन गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यसैविच संस्थाले नेपालगन्जमा रहेका दुई वटा होडिङ बोर्डमा सचेतनामुलक सन्देश लेखिएको व्यानर समेत टाँस गरेको जनाएको छ । संस्थाले भ्रष्टाचारविरुद्ध अभियान, सूचनाको हक, सुशासन र मानवअधिकारका क्षेत्रमा नागरिक समाजसंको सहकार्यमा विभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here