spot_img
Friday, July 26, 2024
Homeबजारअधिकारका सवाल साझा हुन ःकृषि सहकारी तथा प्राकृतिक श्रोत समिति

अधिकारका सवाल साझा हुन ःकृषि सहकारी तथा प्राकृतिक श्रोत समिति

spot_img

कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्यहरु कोहलपुरमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन। पत्रकारहरुको अन्तरक्रिया कार्यक्रममा उनीहरुले नागरिकका आधारभुत अधिकारका सवाललाई साझा मुद्दा बनाएको बताए ।
प्रेस चौतारी कोहलपुर नगर कमिटीले विहिबार कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सांसदहरुले यस्तो बताएका हुन् । सो क्रममा बोल्दै पुर्वभौतिक पुर्वाधार मन्त्री समेत रहेका समितिका सदस्य बीरबहादुर बलायरले विपन्न, सुकुम्वासी, अब्यबस्थित बसोवासी, मध्यवर्ती क्षेत्रका बसोवासीको वर्तमान अवस्था बुझेर उनीहरुको अधिकार सुनिश्चितताका लागि प्रतिवेदन सहित सरकारलाई सशक्त दवाव सिर्जना गर्ने उद्धेश्यले समितिले बाँके र बर्दियाका मध्यवर्ती र निकुञ्ज क्षेत्रको अध्ययन गरिरहेको बताए ।

यस क्षेत्रमा बसोबास गर्नेहरुका लागि जल, जंगल र जमिनको अधिकार सुनिश्चित गर्न ऐन कानुन संसोधन गरिनुपर्ने भन्दै अध्यादेश मार्फत भएपनि मागहरु सम्बोधनका लागि समितिले सरकारलाई घचघचाई रहेको उल्लेख गरे । नेपाली काँग्रेसका नेता समेत रहेका समितिका सदस्य वलायरले निकुञ्जको क्षेत्रफल कम तर जनावर बढी हुँदा मानव र वन्यजन्तु बीचको द्धन्द्ध बढ्दै जाने भएकाले तत्काल समस्या समाधान गर्नतर्फ सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाए ।

सो क्रममा बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद एवम् कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य सुर्यप्रसाद ढकालले देशको अर्थतन्त्र गतिशिल हुन नसकेको, निजी क्षेत्रमा निराशा छाएको, राष्ट्रिय स्वतन्त्रता खस्किदै गएको र सामाजिक सद्भाव खल्बलिने हो कि भन्ने चिन्ता अहिले राष्ट्र मै रहेको बताए ।
नेपालीहरुको तमाम निराशालाई आशामा बदल्न संसदको यस समितिले निकै मेहनत गरिरहेको बताए । उक्त कार्यक्रममा समितिका सदस्य तथा सांसदहरु सरस्वती सुब्बा, रुपा चौधरी र बिनिता कठायतले स्थलगत रुपमा देखेका विषय, बस्तुबारे सरकारको ध्यानाकर्षण गराउनेमा जोड दिए । कार्यक्रम प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here