नेपाली कांग्रेस बाँकेले नेपाल प्रेस युनियन, लोकतान्त्रिक उद्योगी व्यवसायी र डिएलएको विभिन्न जिम्मेवारीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले सम्मान गर्नु भएको थियो । कार्यक्रममा गत भदौ ६ गते भएको अधिवेशनबाट निर्वाचित नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीसहितको जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, प्रदेश र संघीय पार्षदलाई सम्मान गरिएको थियो ।
पार्टी सभापति गौडेलले नेपाली कांग्रेस निकट भातृ तथा शुभेच्छुक संगठनको गतिविधि र सक्रियताले पार्टीलाई आम जनतामाझ लोकप्रिय बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
उहाँले भन्नु भयो,‘निर्वाचित हुनु भएका सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाई सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईहरुको क्रियाकलाप र कर्मले पार्टीको प्रतिष्ठा र सम्मान बढाउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाले नेपाल प्रेस युनियन, डिएलए र लोकतान्त्रिक उद्योगी व्यवसायीबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा निर्वाचित हुनु भएका पदाधिकारी र सदस्यले कांग्रेसको विचार र नीतिलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।











