बाँकेको नेपालगन्जमा रुद्रप्रिया इन्टरनेशनल प्रालिले टाटा मोटर्सको नयाँ विद्युतीय सवारी टाटा पञ्च ईभी सार्वजनिक गरेको छ। नेपालमा विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई लक्षित गर्दै कम्पनीले विशेष छुट, विस्तारित वारेन्टी र अन्य सुविधासहित नयाँ मोडल बजारमा ल्याएको हो।
रुद्रप्रिया इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक माधवप्रसाद शर्माका अनुसार नासिमा अटो शो अवधिभर टाटा पञ्च ईभीको टप भेरियन्ट बुक गर्ने ग्राहकले रु। ३७ लाख ९९ हजार मा गाडी प्राप्त गर्न सक्नेछन्। साथै, सोही अवधिमा बुकिङ गर्ने ग्राहकलाई ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी तथा एक वर्षको निःशुल्क इन्स्योरेन्स सुविधा प्रदान गरिनेछ।
कम्पनीका अनुसार पञ्च ईभीको अर्को भेरियन्ट रु। ३२ लाख ९९ हजार मा उपलब्ध हुनेछ। नयाँ पञ्च ईभी आधुनिक ‘एक्ट।इभी’ प्लेटफर्ममा आधारित रहेको छ, जसमा ३२ किलोवाट(आवर र ४० किलोवाट(आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालका सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
यस मोडलमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, बीएनक्याप ५(स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १।५ डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६।०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटर बुट स्पेस जस्ता अत्याधुनिक सुविधाहरू समावेश गरिएको छ।

प्रबन्ध निर्देशक शर्माले नेपालगन्जसहित पश्चिम नेपालमा विद्युतीय सवारीसाधनको माग उल्लेखनीय रूपमा बढ्दै गएको बताउँदै उपभोक्ताको आवश्यकता, कम सञ्चालन खर्च र आधुनिक प्रविधिलाई ध्यानमा राखेर टाटाका नयाँ ईभी मोडल उपलब्ध गराइएको जानकारी दिए।
कार्यक्रममा कम्पनीले नयाँ टियागो ईभी पनि प्रदर्शन गरेको थियो। दैनिक आवतजावतलाई लक्षित गरी ल्याइएको उक्त ह्याचब्याकमा नयाँ डिजाइन, ३६० डिग्री एचडी क्यामेरा, २६।०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
नेपालमा इन्धनको बढ्दो मूल्य, वातावरणमैत्री प्रविधिप्रतिको रुचि र चार्जिङ पूर्वाधारको विस्तारसँगै विद्युतीय सवारी बजार तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा रुद्रप्रिया इन्टरनेशनलले पनि यही बढ्दो मागलाई लक्षित गर्दै टाटाको नयाँ पञ्च ईभी सार्वजनिक गरेको जनाएको छ।












