राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँके क्षेत्र नं. २ का सभापतिमा रास्वपाका बालकृष्ण शर्माले जिम्मेवारी पाएका छन । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भई स्वतः शर्माले उक्त जिम्मेवारी पाएका हुन ।
सभापति शर्माले पार्टीको सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पु¥याउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । संगठन विस्तार, जनतासँगको निरन्तर सम्पर्क तथा वैकल्पिक राजनीतिक संस्कारलाई समाजमा स्थापित गर्न आफ्नो अहम भूमिका रहने उनको प्रतिबद्धता छ ।
बाँके क्षेत्र नं. २ का सभापति शर्माले आफ्नो राजनीतिक लक्ष्य केवल पद प्राप्ति नभई समतामूलक समाज निर्माण, सुशासनको संस्थागत विकास, युवा नेतृत्वको विकास तथा देश र समाजको सकारात्मक रूपान्तरणमा केन्द्रित रहेको बताए ।
क्षेत्रीय सभापतिको जिम्मेवारी प्राप्त गरेसँगै शर्माले संगठनलाई थप सुदृढ, जनतामुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।
प्रथम जिल्ला अधिवेशनबाट निर्वाचन प्रक्रियामार्फत उपसभापतिमा ईश्वरी लामिछाने, सचिवमा शुभमकुमार गुप्ता, सदस्य (जातीय प्रतिनिधितर्फ) मा कमर जहाँ, सदस्य (दलित) मा स्मृति नेपाली तथा सदस्य (खुलातर्फ) मा एकलाल थापा क्षेत्री, हेमराज बराल र यमुना कुमारी थापा मगर निर्वाचित भएका छन । साथै, बालकृष्ण शर्मा, कुसुम पोखरेल र सुरेश विकास सुनार सर्वसम्मत रूपमा चयन भएका छन ।जिल्ला सभापति पदका लागि भएको निर्वाचनमा कुनै उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेकाले प्रावधानअनुसार पुनः निर्वाचन हुने भएको छ ।
00











