spot_img
Friday, May 15, 2026
Homeब्यानरसंचारकर्मिहरूका लागि कृत्रिम बुद्विमत्ता सम्बन्धि अभिमुखीकरण

संचारकर्मिहरूका लागि कृत्रिम बुद्विमत्ता सम्बन्धि अभिमुखीकरण

spot_img

शुक्रबार (आज) देखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको चार दिने तालिमको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका छन।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले डिजिटल युगको प्रतिस्पर्धामा पत्रकारलाई अझ सक्षम, दक्ष र आत्मविश्वासी बनाउन तालिम उपयोगी हुने विश्वास व्यक्त गरे। विष्टले नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघसंग सहकार्य र समन्वय गरेर ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्न लागेको जानकारी समेत दिए । त्यसका लागि कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । ‘अब हामी छिट्टै सुरुको मूलधन १५ लाख हुने गरी अक्षयकोष खडा गर्दैछौं, त्यसमा प्रत्येक वर्ष ५ लाख थप्दै जान्छौं,’ उनले भने-‘जेठ १५ गते गणतन्त्र दिवसको दिन हामी घोषणा गर्छौं ।’ नगर प्रमुख विष्टले मिडिया प्रवर्द्धन कार्यक्रमलाई पनि व्यवस्थित बनाउन कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै अबदेखि आर्थिक वर्षको प्रारम्भदेखि नै कार्यान्वयनमा जाने बताए । नेपालगन्ज उपमहानगरपालिकाले यस अघि नै संचार नीति भने बनाइसकेको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश अध्यक्ष चौलागाईले पत्रकारितामा एआईको विवेकपूर्ण प्रयोग आवश्यक रहेको बताए । चौलागाईले पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नुपर्नेमा जोड दिँदै तालिमले सीप र आत्मविश्वास विकास गर्ने विश्वास व्यक्त गरे। बाँके शाखा अध्यक्ष गिरीले पत्रकारहरुको क्षमता विकासका लागि एआई तालिम आयोजना गरिएको बताए। “आज विश्व तीव्र रूपमा प्रविधिमैत्री बन्दै गएको छ । पत्रकारिता पनि अब परम्परागत सीमा भन्दा बाहिर पुगिसकेको छ,” गिरीले भने-‘समाचार लेखन, तथ्य जाँच, भिडियो सम्पादन, सामग्री निर्माण, अनुसन्धान तथा सूचनाको विश्लेषणसम्म AI को प्रयोग हुन थालेको छ । यस्तो अवस्थामा पत्रकारहरूले समय अनुसार आफूलाई अद्यावधिक गर्नु अत्यावश्यक बनेको छ, त्यसैले यो तालिमको महत्व छ ।’

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, कार्यपालिका सदस्य वसन्त कनोजिया, वरिष्ठ प्रशासकीय अधिकृत कृष्ण प्रसाद जोशी, प्रशिक्षक जीवन भण्डारी, महासंघ बाँकेका पूर्व अध्यक्षहरु झलक गैरे, निरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी लगायतको उपस्थिति थियो ।तालिममा ४० जना पत्रकारहरुको सहभागिता रहेको सचिव कृष्ण ओलीले जानकारी दिए । तालिममा भण्डारी र उमंग निरौलाले सहजीकरण गर्ने ओलीले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here